सशस्त्र प्रहरीद्वारा झापा गाउँपालिकाबाट ४ लाखको जुत्ताचप्पल बरामद(भिडियो सहित)

झापा एक्सप्रेस , ३१३४३  पटक हेरिएको

शरणामती –सशस्त्र प्रहरी बलले झापा गाउँपालिकाको नेपाल भारत सिमा क्षेत्रबाट ठुलो परिणाममा जुत्ताचप्पल बरामद गरेको छ ।

भारतबाट अबैध रुपमा भन्सार छलि नेपाल तर्फ ल्याउदै गरेको अवस्थामा अन्दाजि ४ चार लाख ४ हजार मुल्य बराबरको विभिन्न ब्राण्डका २५४ जोर जुत्ता र २४५ जोर चप्पल बरामद गरिएको सशस्त्र प्रहरीले जनाएको छ ।

आइतबार बेलुका अन्दाजी ९ बजे झापा गाउँपालिका-४ सुकुम्बासी बस्ती सिमा इलाकाको सन्थालबस्तीबाट सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरीक्षक दिपेन्द्रमणी राईको कमाण्डमा खटिएको टोलीले उक्त सामान बरामद गरेको सप्रबल नेपाल नम्बर २ गणका सुचना अधिकारी सशस्त्र प्रहरी नायव उपरीक्षक दिनेश कटुवालले जानकारी दिए ।सशस्त्र प्रहरीको गस्तीटोलीलाई देखेपछी सामान त्यही फालेर उनीहरु भागेका थिए ।

बरामद गरिएका उक्त सामान आवश्यक कारबाहीका लागी भन्सार कार्यालयमा बुझाउने तयारी भइरहेको सशस्त्र प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०८-२८ , समय : १०:५१:२३ , १० महिना अगाडि