झापा गाउँपालिकाबाट ५० ग्राम ब्राउन सुगरसहित तीन जना पक्राउ

झापा एक्सप्रेस , ५४९५७  पटक हेरिएको

शरणामती।झापाको झापा गाउँपालिकाबाट ठूलो परिणाममा लागुऔषध ब्राउन सुगर सहित तीन जना पक्राउ परेका छन् ।

पक्राउ पर्नेमा मोरङ उर्लाबारी-७ का २७ वर्षीय बिनोद लिम्बू,सोही नगरपालिका-१० का २६ वर्षीय सुरेश धिमाल र झापा गौरादह-४ का २५ वर्षिय सन्देश लिम्बू रहेको सशस्त्र प्रहरीले जनाएको छ।

आइतबार बेलुका अन्दाजी ९.१५ बजे झापा-१ को बेलायतीबारीमा सशस्त्र प्रहरी बल बोर्डर आउट पोस्ट टाघनडुब्बाबाट सशस्त्र प्रहरी निरिक्षक दिपेन्द्रमणी राईको कमान्डमा खटिएको प्रहरीले टोलीले संका लागि चेक जाँच गर्दा उनीहरुको साथबाट ब्राउन सुगर जस्तो देखिने लिसाइलो पदार्थ ५० ग्राम, तीन थान मोबाइल र ५० हजार नगद फेला परेको सशस्त्र प्रहरीले जनाएको छ।

फेला परेको ५० ग्राम ब्राउन सुगर, प्रदेश १-०२-०४७ प ७०४२ र को २१ प १०४० नम्बरको मोटरसाइकल,नगद सहित पक्राउ परेका तिनै जनालाई थप अनुसन्धानका लागि नेपाल प्रहरीलाई बुझाउने तयारी भइरहेको बताइएको छ।

प्रकाशित मिति: २०२३-०८-२८ , समय : ०७:४९:०७ , १० महिना अगाडि