झापा एक्सप्रेस , २६६४९ पटक हेरिएको
बिर्तामोड-झापाको अर्जुनधारा–९ मा करेन्ट लागेर बुधवार दिउँसो एक युवकको मृत्यु भएको छ । मृत्यु हुनेमा स्थानीय २४ वर्षीय अमृत रेग्मी रहेका छन् ।
श्रीमती २२ वर्षीया ममता रेग्मीलाई करेन्ट लागेपछि बचाउन गएका अमृत आफैँले ज्यान गुमाएका हुन् । कुटी काट्ने मेसिनबाट अचानक ममतालाई करेन्ट लागेपछि अमृत बचाउन गएका थिए । उनलाई पनि करेन्ट लागेको थियो ।
करेन्ट लागेर घाइते भएका अमृतलाई उपचारका लागि लैजाँदै गर्दा बाटैमा मृत्यु भएको झापा प्रहरीका प्रवक्ता डीएसपी खगेन्द्रप्रसाद रिजालले बताए । ममताको भने बिर्तामोडको बीएण्डसी अस्पतालमा उपचार भइरहेको छ ।
प्रकाशित मिति: २०२३-०८-२३ , समय : २०:४९:३९ , १ वर्ष अगाडि