झापा गाउँपालिका-कक्षा १२ को परिक्षामा भाग लिएका २९६ विद्यार्थी मध्ये ५७ जना उत्तीर्ण

डिल्लीराज माध्यमिक विद्यालयमा नियमित तर्फ १६३ जना विद्यार्थीले परिक्षामा भाग लिएका मध्ये २१ जना उत्तीर्ण भएका छन्

झापा एक्सप्रेस , ५३९०६  पटक हेरिएको

फाइल तस्बिर -झापा गाउँपालिकाको कार्यालय

शरणामती।झापाको झापा गाउँपालिकाबाट २०८० सालको कक्षा १२ को परिक्षामा भाग लिएका कुल २९६ विद्यार्थी मध्ये ५७ जना उत्तीर्ण भएका छन् । कुल परिक्षामा भाग लिएका मध्ये १९.२६% उत्तीर्ण भएका हुन् ।

यहाँ रहेको डिल्लीराज माध्यमिक विद्यालयमा नियमित तर्फ १६३ जना विद्यार्थीले परिक्षामा भाग लिएका मध्ये २१ जना उत्तीर्ण भएका छन् ।१४२ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।डिल्लीराजका १८ जना विद्यार्थी कुनै पनि विषयमा उत्तीर्ण भएका छैनन् ।उनीहरु ६ वटै विषयमा अनुत्तीर्ण भएका छन् ।

त्यस्तै जनता माध्यमिक विद्यालयबाट नियमित तर्फ ९१ जनाले परिक्षामा भाग लिएकामा १७ जना उत्तीर्ण भएका छन् ।७४ जना विद्यार्थी अनुत्तीर्ण भएका छन् ।यसै विद्यालयको प्राविधिक धार तर्फ १८ जनाले परीक्षा दिएकोमा ८ जना उत्तीर्ण भएका छन् ।जनताका ७ जना विद्यार्थी कुनै पनि विषयमा उत्तीर्ण भएका छैनन् ।उनीहरु ६ वटै विषयमा अनुत्तीर्ण भएका छन् ।

त्यस्तै चन्द्रज्योती अंग्रेजी माध्यमिक विद्यालयबाट ७ जनाले परिक्षामा भाग लिएकामा ३ जना उत्तीर्ण भएका छन् ।यता जय पाथिभरा अंग्रेजी माध्यमिक विद्यालयमा नियमित तर्फ १७ जना विद्यार्थीले परीक्षा दिएकोमा ८ जना उत्तीर्ण भएका छन् ।

प्रकाशित मिति: २०२३-०८-२२ , समय : १९:४०:२७ , १० महिना अगाडि