अश्लील हर्कत गर्ने दमकका प्रमुख प्रशासकीय अधिकृत निरौलाको सरुवा, कार्की आउँदै

झापा एक्सप्रेस , १४०७७  पटक हेरिएको

झापा-झापास्थित दमक नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत डम्बरुप्रसाद निरौलाको सरुवा भएको छ । सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले २० जना उपसचिवको सरुवा गरेसँगै प्रमुख प्रशासकीय अधिकृत निरौलालाई सामान्य प्रशासनको अतिरिक्त समूहमा पठाएको छ ।

दमकमा तार्केश्वर नगरपालिका काठमाडौँका प्रमुख प्रशासकीय अधिकृत गणेशराज कार्कीलाई पठाइएको छ । डम्बरुले एक महिलासँग नगरपालिकाको क्वाटरभित्रै अश्लील क्रियाकलाप गरेको भिडियो सामाजिक सञ्जाल टिकटकमार्फत बारिएपछि विवादमा परेका थिए । त्यसपछि उनलाई मन्त्रालयले पत्र काटेर बोलाएको थियो।

प्रकाशित मिति: २०२३-०८-०९ , समय : ११:२४:२१ , १ वर्ष अगाडि