कारितास नेपालले सुरु गर्यो त्रिदिवसीय व्यवसायीक योजना तर्जुमा कार्यशाला

झापा एक्सप्रेस , २८०२९  पटक हेरिएको

सुरुङ्गा।कारितास नेपालले सुरक्षित वैदेशिक रोजगारको प्रवर्धन तथा मानव वेचविखन विरुद्धको परियोजना अन्तर्गत त्रिदिवसीय व्यवसायीक योजना तर्जुमा बजार व्यवस्थापन तथा मूल्य श्रीङ्खला कार्यशाला सुरु गरेको छ।

मिसियो जर्मनीको आर्थिक सहयोग तथा झापा गाउँपालिकाको सहकार्यमा कनकाई -३ स्थित लोटस रिसोर्टमा आज बुधबार देखि कार्यशाला सुरु गरेको हो।

परियोजना अधिकृत हिमालयन अधिकारीको अध्यक्षतामा भएको कार्यशालामा झापा गाउँपालिका ६ र ७ का वडाध्यक्षहरु नविनकिशोर थापा र सखीचन्द्र ठाकुर लगायत ५३ जनाको उपस्थिति रहेको थियो।

तीन दिन सम्म चल्ने कार्यशालामा बजार व्यवस्थापन र मूल्य श्रीङखलामा बारे चर्चा गरिने कारितास नेपालका सामाजिक परिचालक बिबेक सिवाकोटीले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०८-०३ , समय : २१:०८:५८ , १० महिना अगाडि