अब क्षयरोग तथा कुष्ठरोगको परिक्षण झापाबाटै

झापा एक्सप्रेस , २५३९७  पटक हेरिएको

झापा एक्सप्रेस।झापाको झापा गाउँपालिका-३ कामाटोली मा रहेको आधारभुत अस्पताल टाघनडुब्बाबाट अब क्षयरोगको खकार तथा कुष्ठरोगको नि:शुल्क परिक्षणको सुरुवात गरिएको छ।

एक कार्यक्रमका बिच बिहिबार झापा गाउँपालिका कार्हवाहक अध्यक्ष अन्जुदेवी थपलिया र प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया लगायतले सुक्ष्मदर्शक यन्त्र सहित नि:शुल्क परिक्षणको उद्घाटन गर्दै सुरु भएको घोषणा गर्नुभयो।

राष्ट्रिय क्षयरोग केन्द्र काठमाण्डौले आधारभुत अस्पताललाइ माइक्रोस्कोपिक सेन्टरको आधिकारिकता प्रदान गरेपछि यो सेवा सुरु गरिएको स्वास्थ्यप्रमुख प्रेम न्यौपानेले बताउनु भयो।

झापा गाउँपालिका स्थित तात्कालिन टाघन्डुब्बा स्वास्थ्य चौकि (हाल आधारभुत अस्पताल)मा नि:शुल्क शित अत्यन्तै न्युन शुल्कमा सरकारि स्तरबाट ल्याव प्रयोगशाला सेवा सुरु गरिएको थियो। केहि समयको अन्तराल पछि क्रमश: शरणामति स्वास्थ्य चौकि,कुमरखोद स्वास्थ्य चौकि र आधारभुत स्वास्थ्य सेवा केन्द्र वडा नं ४ खयरबारि गरि जम्मा ४ स्थानबाट हाल प्रयोगशाला सेवा संचालन भइ रहेकोछ ।जहाँ HIV को परिक्षण,मलेरियाको परिक्षण ,डेङ्गु रोगको परिक्षण र ४ महिना देखि ६ महिना भित्रमा गर्भ अबस्थामा गर्नु पर्ने सम्पुर्ण रक्त परिक्षण ( ANC PACKAGE) नि:शुल्क परिक्षण गरिदै आइएको छ।

हाल रगतमा कोलेस्ट्रोलको मात्राको जाँच,मृगौलाको अबस्थाको जाँच,कलेजोको अबस्थाको जाँच हप्ताको सातै दिन र सुगरको जाँच हप्ताको २ दिन आइतबार र सोमबार ४ वटै प्रयोगशालाबाट बिहान ८ बजेदेखि हुदै आएको स्वास्थप्रमुख न्यौपानेले बताउनुभयो।

प्रकाशित मिति: २०२३-०७-२८ , समय : ०७:१०:३४ , ११ महिना अगाडि