झापा एक्सप्रेस , ३७७९६ पटक हेरिएको
दानाबारी । ईलामको माई नगरपालिका वडा नम्बर ८ कलकत्ते गाउँमा चोरको बिगबिगी हुन थालेको छ । गाउँमा सुकाएको लुगाकपडा, कुखुरा तथा धनमाल चोरी हुन थालेको हो ।
मंगलवार राति स्थानीय सबिना तामाङको घरबाट लुगा चोरी भएको छ ।
रातको समयमा मानिसहरु सुतेपछि लुगा, कुखुरा र अन्य बहुमूल्य बस्तुहरु हराउन थालेको एक स्थानीयले बताए । चोरको बिगबिगी बढेपछि स्थानीय त्रसित बनेका छन् ।
गाउँमा चोरीको घटना बढेपछि प्रशासनले सुरक्षागस्ती बढाउनु पर्ने स्थानीयले माग गरेका छन् ।
प्रकाशित मिति: २०२३-०७-२६ , समय : ०८:३१:०१ , १ वर्ष अगाडि