सुरुङ्गामा चोरको बिगबिगी

झापा एक्सप्रेस , ३२६८९  पटक हेरिएको

झापाको कनकाई नगरपालिका ३ सुरुङ्गाको सरस्वति टोलमा सोमवार राति चोरी भएको छ ।

घरमा कोहि नभएको अवस्थामा स्थानिय जनार्दन पौडेलको घरमा राति घरको ढोका साथै ग्रिल समेतको ताला काटी चोरी भएको घरधनी पौडेलले बताउनु भएको छ ।

चोरले घरमा भएको सुन १ तोला , चादी २० तोला , झर्के थाल बोटुका , पुराना पैसा , लताकपडा लगायतको सामाग्री चोरेको पौडेलले बताउनु भएको छ ।

केही दीन अगाडि मात्रै पनि पौडेलका छिमेकी नारायण न्यौपानेको घरमा दिनदहाडै चोरी भएको थियो । त्यस्तै एक दिन अगाडि पनि कनकाई ५ तुल्सिबारिमा चोरी भएको थियो । यसरी सुरङ्गामा चोरको बिगबिगी बढी स्थानियमा त्रास फैलिए पछि स्थानियले प्रसाशनले सुरक्षागस्ती वढाउनु पर्ने माग गरेका छन ।

प्रकाशित मिति: २०२३-०७-२५ , समय : २१:३६:५२ , ११ महिना अगाडि