पत्रकार शर्माको मोवाइल खोस्ने श्रेष्ठद्धारा क्षमा याचना, विवाद मिल्यो

झापा एक्सप्रेस , ३१३०४  पटक हेरिएको

कनकाई-गत बिहिवार झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा सडक दुर्घटनामा परि एक युवकको ज्यान गएपछि भएको तनावपछिको स्थितिको रिर्पोटिङका क्रममा पत्रकार सिएम शर्माको मोवाईल खोस्ने झापा विर्तामोडका व्यावसायी पदम श्रेष्ठले आफ्नो गल्ती स्वीकार गरेसगै पत्रकार र श्रेष्ठविचको तनाव साम्य भएको छ ।

बिहिवार विहान भएको उक्त घटनापछि यस क्षेत्रका संञ्चारकर्मी आन्दोलित बनेका थिए । इलाका प्रहरी कार्यालय बिर्तामोडमा पत्रकार महासंघ झापाका अध्यक्ष एकराज गिरी, पत्रकार महासंघ कोशी प्रदेशका सदस्यद्धय लीलाराज झापाली, सुरेन्द्र भण्डारी, पत्रकार महासंघ झापाकी उपाध्यक्ष सुशिला संग्रौला, प्रेस सेन्टर झापाका सचिव पुष्प खडका, फोटो पत्रकार महासंघका अध्यक्ष विनोद पाण्डे सहितको छलफलमा श्रेष्ठले आफुले अन्जानमा मोवाइल खोस्न पुगेको र मोवाइल खोस्नुको कारण पत्रकारलाई समाचारमा बाधा उत्पन गर्ने नभएको बताएपछि सर्वपक्षिय छलफलबाट समस्याको निकास निकालिएको थियो । छलफलमा युवा व्यावसायी लीला चिमरिया र संगित साधना कला केन्द्रका अध्यक्ष धु्रब पाठक लगायातको उपस्थिति रहेको थियो । इलाका प्रहरी कार्यालय बिर्तामोडका प्रहरी प्रमुख प्रहरी नायव उपरिक्षक सुरज कार्कीको संयोजत्कवमा आयोजित छलफलमा दुबैपक्षबिच मिलापत्र समेत गरिएको छ ।

प्रकाशित मिति: २०२३-०७-२२ , समय : ०७:४७:५१ , १२ महिना अगाडि