झापा माओवादीद्धारा सीता दाहालको श्रद्धाञ्जलिसभा

झापा एक्सप्रेस , १६०४४  पटक हेरिएको

नेकपा माओवादी केन्द्रका अध्यक्ष तथा प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डकी धर्मपत्नी तथा नेकपा माओवादी केन्द्रकी केन्द्रिय सल्लाहकार सीता दाहालको पार्टी कार्यालय झापामा श्रद्धाञ्जलिसभाको कार्यक्रम आयोजना गरिएको छ ।

माओवादी पार्टी केन्द्र झापाको बिर्तामोडमा आयोजित कार्यक्रम श्रद्धाञ्जलिसभा कार्यक्रममा पार्टीका केन्द्रिय सदस्य तथा पुर्व कृषि मन्त्री झलकसिंह दर्लामी शन्देशले सीता दाहालले नेपालको बर्गिय मुक्तिका लागि पुर्याउनुभएको योगदानको चर्चा गर्दै सीता दाहालको मृत्युले पार्टीमा ठुलो क्षति पुगेको बताउँनुभयो । सीता दाहालले पार्टी स्थापना कालदेखिनै हालसम्म पनि विभिन्न कालखण्डमा पार्टी र देशको शोषित पिडितहरुको हक स्थापितका लागि भएको बर्गिय लडाईमा खेल्नुभएको भुमिकाप्रति खुलेर प्रसंसा गर्नुभयो ।

कार्यक्रममा पार्टीका झापा जिल्ला संयोजक तथा प्रदेश कमिटी सदस्य अग्निको सभापतित्वमा भएको कार्यक्रममा पार्टीकी केन्द्रिय सदस्य लक्ष्मी न्यौपाने सरु, पार्टी नेताहरु पुर्णसिंह राजवंशी, सीपी कडरिया, पुरुषोत्तम चुडाल राजु लगायातको सहभागिता रहेको थियो । श्रद्धाञ्जलि कार्यक्रममा झापाका १५ पालिका तथा विभिन्न पार्टीका जनवर्गिय संगठनका नेता कार्यकर्ताहरुको सहभागिता रहेको थियो । कार्यक्रम पाटीका जिल्ला कमिटी सचिव मोहन टुडुको सञ्चालनमा सम्पन्न भएको थियो ।

प्रकाशित मिति: २०२३-०७-१७ , समय : २१:३६:४६ , २ वर्ष अगाडि

error: Content is protected !!