झापा एक्सप्रेस , १८८७७ पटक हेरिएको
कनकाई-लायन्स क्लव अफ कनकाई सुरुङ्गाका संस्थापक अध्यक्ष तथा लायन्स क्लव ३२५ सी का क्याबिनेट सेक्रेटरी लीलाप्रसाद चिमरियाले लायन्स क्लवले कार्यक्रम गर्नका लागि ब्यानर बनाएर फोटो खिच्नकै लागि कार्यक्रमहरु नगर्ने बताउँनुभएको छ ।
शनिवार दुर्गापुरमा लायक्स क्लव अफ कनकाई सुरुङ्गाको नव आगन्तुक सदस्यहरुलाई स्वागत तथा सदस्यहरुका लागि फ्लोसिप कार्यक्रममा प्रमुख अतिथिका रुपमा बोल्दै चिमरियाले लायन्सले थोरै भएपनि प्रभावकारी कार्यक्रमहरु गर्दै आएको बताउँनुभयो । लायन्सको मुल नारा नै जहाँ समस्या त्यहाँ लायन्स भएकोले लायन्स क्लव अफ कनकाई सुरुङ्गाले कनकाई नगरपालिका क्षेत्र मात्रै नभएर छिमेकी पालिका शिवसताक्षी, झापा गाउँपालिका र इलाम जिल्लाका पालिकाहरुमा समेत सहयोगका कार्यक्रहरु गर्दै आएको जानकारी दिनुभयो । लायन्सले गर्ने कार्यक्रमहरु ब्यानर पढन र फोटो खिच्नकै लागि हुदैनन ती कार्यक्रमहरु तल्लो तहका हुदाखाने बर्गका लागि हुनेछन चिमरियाले भन्नुभयो ।
लायन्सको यस बर्षकै नारा विश्व परिवर्तन गर्ने भएकोले लायन्सले गर्ने हरेक कार्यक्रमहरुले समाजलाई बदल्नकै लागि आयोजना हुदै आएको बताउँनुभयो । हामीले गरेका जुनसुक्कै कार्यक्रमले समाजका लागि परिवर्तनका लगि भुमिका खेल्नैपर्छ मात्रै फेसबुकमा फोटो राख्नका लागि हामी कार्यक्रमको आयोजना गर्नेछैनौ चिमरियाले भन्नुभयो । चिमरियाले लायन्स क्लव विश्वको सबैभन्दा धेरै सदस्य सङ्ख्या भएको सस्था भएको बताउँदै यसको मुल लक्ष्य समाजमा सेवा गर्ने भएको बताउँनुभयो । यसैबिच लायन्स क्लव अफ कनकाई सुरुङ्गाका बर्ष २०२३/२४ का अध्यक्ष सन्जय गजुरेलले लायन्स क्लव कनकाई सुरुङ्गाले बर्षभर गर्ने कार्यक्रमको योजना पेश गर्नुभएको थियो ।
प्रकाशित मिति: २०२३-०७-१६ , समय : ०६:५४:१० , १ वर्ष अगाडि