झापा गाउँपालिका: एसईईमा चन्द्रज्योती र पाथीभरा उत्कृष्ट

झापा एक्सप्रेस , ४८२०६  पटक हेरिएको

शरणामती।एसईईको नतिजामा झापा गाउँपालिकाका दुई माध्यमिक विद्यालयले उत्कृष्ट अंक ल्याएका छन् ।

झापा गाउँपालिकामा रहेका ११ माध्यमिक विद्यालय मध्ये जय पाथिभरा र चन्द्रज्योती अंग्रेजी माध्यमिक विद्यालयले एसईई नतिजामा उत्कृष्ट अंक ल्याएका हुन् ।

माध्यमिक तहका ५ सामुदायीक र ६ संस्थागत विद्यालयलाई उछिन्दै चन्द्रज्योतीका ३९ जना विद्यार्थी मध्ये सबै सफल भएका छन् ।जसमा ए+ ग्रेड ल्याउने ८ जना,ए ग्रेड ल्याउने १५ जना,बि + ल्याउने १३ जना र बि ग्रेड ल्याउने ३ जना रहेका छन् । सो विद्यालयकै छात्रा करिना गणेश ३.९० जिपिएका साथ उत्कृष्ट छात्रा बनेकी छन् ।

त्यस्तै जय पाथीभरा अंग्रेजी माध्यमिक विद्यालयकी छात्रा स्मृति भट्टराई ३.९० जिपीए ल्याएर उत्कृष्ट बनेकी छन् ।यस विद्यालमा जम्मा २२ जना विद्यार्थीहरुमा सबै सफल भएका छन् ।जसमा ए प्लस ल्याउने ४ जना ,ए ल्याउने १६ जना र बि प्लस ल्याउने २ जना रहेका छन् ।

अन्य बाँकी ४ संस्थागत विद्यालयहरु साउथ होराइजनमा जम्मा १४ जनाले एसईई परीक्षा दिएकोमा शतप्रतिशत सफल भएका छन् ।यस विद्यालयका छात्र अनिश बस्नेत ३.८० जिपिए ल्याएर विद्यालयका उत्कृष्ट बनेका छन् ।गौतमवुद्वका जम्मा १२ जना विद्यार्थीमा सबै सफल भएका छन् ।यहाँका छात्र मुस्तफा मोमिनले ३.६५ जिपिए ल्याएर यस विद्यालयका उत्कृष्ट छात्र बनेका छन् ।टाइनीटसका जम्मा ११ विद्यार्थी मध्ये सबै पास भएका छन।यस विद्यालयका विश्वजित बंगाली ३.७० जिपीएका साथ उत्कृष्ट अंक ल्याउने छात्र बनेका छन् ।त्यस्तै वण्डरलाईफका १८ जना मध्ये सबै पास भएका छन् ।३.५५ जिपीए ल्याउदै यस विद्यालयमा छात्र रिजन कुवँर उत्कृष्ट बनेका छन् ।

यता माध्यमिक तहका ५ सामुदायिक विद्यालय डिल्लीराज माविका १३२ जना विद्यार्थीमा १३१ जना पास भएका छन् ।यस विद्यालयमा उत्कृष्ट ३ जनाले ३.३ जिपीए ल्याएका छन् ।त्यस्तै जनता माविमा १२७ जनामा १२५ जना पास भएका छन् ।यहाँ उत्कृष्ट ३.५० जिपीए ल्याउने एक जना रहेका छन् ।

जनकल्याण माविमा ४२ जनामा ४२ जनानै पास भएका छन् ।यहाँ एकजनाले उत्कृष्ट ३.१० जिपीए ल्याएका छन् ।कुवाडीदेवीमा ६० जनामा ५९ जना पास भएका छन् ।एक जनाले ३.१५ जिपीए ल्याएर उत्कृष्ट बनेका छन् ।त्यस्तै महेन्द्र माविमा ३५ जनामा ३४ जना पास भएका छन् ।

प्रकाशित मिति: २०२३-०७-०९ , समय : १७:१७:११ , २ वर्ष अगाडि

error: Content is protected !!