लिलाराज झापाली , ५०५६८ पटक हेरिएको
कनकाई-कनकाई नगरपालिका १ स्थित प्रजापति क्षेत्रमा राती सडक पिच गर्न नपाएपछि ठेकेदारले सडकमा डोजर लगाएर बाटै भत्काइदिएका छन ।
शुक्रवार राती ९ बजेको समयमा हामी पिच गर्न लाग्यौ आउनुपर्यो भनेर ठेकेदारको फोन आयो मैले रातीको काम राम्रो हुदैन पानी पनि पदैछ भने विहान उठेर हेर्दा त पिच गर्न नपाएपछि ठेकेदारले रोडमै हिडनै नमिल्ने बनाएर जोतेर गएछन । कनकाई नगरपालिका १ नम्बर वार्डका वडाअध्यक्ष सुशिल पोखरेलले भन्नुभयो ।
ठेकेदारले रोडा, गिटी र प्राइमर हालिसकेको अवस्थामा असारको २४ गतेसम्ममा चेक काटेर निकासा गरिसक्नुपर्ने भएर हुनसक्छ राती पिच नर्गनु भन्दा चेक रोकिने रिसले ठेकेदारले बाटै भत्काइदिएको हुनसक्ने वडाअध्ययक्ष पोखरेलले भन्नुभयो । राती मलाई फोन गरेर,मैले रोडमा दुख्ख गरेको छु,हालेको गिटी निकालेर लैजान्छु भन्दैथिए, म त त्यतिक्कै भनेको ठानेको थिए अहिले रोड हिडनै नमिल्ने बनाएर जोतिदिएछन वडाअध्यक्ष पोखरेलले भन्नुभयो ।
कनकाई १ नम्बर वार्ड नगरप्रमुख राजेन्द्रकुमार पोखरेललेको समेत गाउँ भएकोले रातीको काम त गर्ने हुदैन भनेको थिए ठेकेदारले रिसलाई नियन्त्रण गर्न सकेनन के गर्नु वडाध्यक्ष पोखरेलको गुनासो छ । सरकारले असार महिनामा मात्रै विकास बजेट बिनियोजन गरिदिदा असारको १५ गतेदेखि मात्रै सडक पिच लगायातका कामहरु तीव्र गतिमा हुने गरेको छ ।
प्रकाशित मिति: २०२३-०७-०८ , समय : २१:१४:१५ , १ वर्ष अगाडि