युवाहरुको सहयोगले “शरणामती च्यालेन्ज कप”

झापा एक्सप्रेस , ११३१०५  पटक हेरिएको

शरणामती-वैदेशिक रोजगारीमा गएका युवाहरु तथा स्थानीय युवाहरुको आर्थिक सहयोगले झापाको झापा गाउँपालिका-६ शरणामतीमा “शरणामती च्यालेन्ज कप २०८०” नकाउट फुटलबल प्रतियोगिता जारी रहेको छ।प्रथम पटक युवाहरुकै सकृयता “शरणामती च्यालेन्ज कप” नकाउट फुटबल प्रतियोगिता संन्चालन गरिएको हो।

प्रथम पुरस्कार नगद रु २५ हजार र द्वितीय पुरस्कार नगद रु १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ।त्यस्तै प्रतियोगितमा विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिप्पर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्स र सर्वाधिक गोलकर्ताले समेत पुरस्कार पाउने व्यवस्था रहेको खेलमा आर्थिक सहयोग युवाहरुले गरेको आयोजक समिति झापा सेभेनका संस्थापक अध्यक्ष गजेन्द्र ताम्लीले बताए ।

प्रतियोगिता आयोजना गर्नलाई पुर्व खेलाडीहरु मिलन ताम्ली(हाल युके) बाट १५ हजार नगद र ५ हजार बराबरको फुटबल,हरी सिवाकोटी(हाल इजरायल)बाट नगद १५ हजार ,सुवास गुरुङ (हाल साउदी अरेबिया)बाट ७ हजार,विशेष डाँगी(हाल इजरायल)बाट ५ हजार,विकेन राई (हाल युके)बाट ५ हजार ,मिलन कार्की (हाल अष्ट्रेलिया)बाट नगद १५ हजार,सनम श्रेष्ठ (हाल रोमानिया)बाट ५ हजार ,प्रविनजंग कटुवाल (दुबई) बाट ५,५५५ रुपैयाँ,हरिमगर जापान बाट ५ हजार,देवेन्द्र कटुवाल अस्ट्रेलियाबाट ५ हजार बराबरको फुटबल,आशिषजंग कार्की जापानबाट १० हजार, समाजसेवी हरि भट्टराईबाट ७ हजार,कमल पनेरुबाट ५ हजार,कमल ल्वागुनबाट २ हजार,खगेन्द्र घिमिरेबाट १ हजार,शरणामती हेल्थ कियर क्लिनिकबाट १ हजार र समाजसेवी सेरबहादुर थापाबाट नगद ५ हजार आर्थिक सहयोग संकलन भएको ताम्लीले बताए।

गत १२ गते मंगलबार देखी सुरु भएको खेल १८ गते सम्पन्न हुने ताम्लीले जानकारी दिए।

प्रकाशित मिति: २०२३-०७-०१ , समय : २१:२३:०१ , ११ महिना अगाडि