“शरणामती च्यालेन्ज कप” मदरगाछ “B”,चारआली र झाँटी विजयी

झापा एक्सप्रेस , ९९३८३  पटक हेरिएको

शरणामती-झापाको झापा गाउँपालिका-६ शरणामतीमा मंगलबार देखी सुरू भएको “शरणामती च्यालेन्ज कप”नकाउट फुटबल प्रतियोगिताको बिहिबार भएको खेलमा मदरगाछ “B” फुटबल क्लब,एरिडमनगढ चारआली फुटबल क्लब र झाँटी फुटबल क्लब  विजयी बनेका छन् ।

झापा सेभेन फुटबल क्लब शरणामतीको आयोजनामा जनता माध्यमिक विद्यालयको खेल मैदानमा बिहिबार भएको  खेलमा चन्द्रज्योतीलाई शुन्यका विरुद्द एक गोल लगाउदै मदरगाछ “B” फुटबल क्लब विजयी बनेको हो ।त्यस्तै दोस्रो खेलमा दुधे फुटबल क्लबलाई शुन्यका विरुद्द दुई गोल लगाउदै एरिडमनगढ फुटबल क्लब विजयी बनेको छ ।त्यस्तै प्रथम क्वाटर फाइनल खेलमा राइजिङ स्टार फुटबल क्लबलाई ०-१ गोलान्तरले पाखा लगाउदै झाँटी फुटबल क्लब विजयी बनेको छ ।

च्यालेन्ज कपमा प्रथम पुरस्कार नगद रु २५ हजार र द्वितीय पुरस्कार नगद रु १५ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र रहेको आयोजकले जनाएको छ।त्यस्तै प्रतियोगितमा विधागत तर्फ सर्वोत्कृष्ट खेलाडी,उत्कृष्ट गोलकिप्पर,उत्कृष्ट मिडफिल्डर,उत्कृष्ट डिफेन्स र सर्वाधिक गोलकर्ताले समेत पुरस्कार पाउने भएका छन् ।

प्रकाशित मिति: २०२३-०६-३० , समय : ०८:००:३७ , १२ महिना अगाडि