झापा एक्सप्रेस , ३१७९० पटक हेरिएको

झापा-झापाको गौरादहमा मसल वोर्कसप (Muscle Workshop )जिम हाउस संचालनमा आएको छ ।
गौरादह नगरपालिका ३ डिपु चौकमा रहेको जिम हाउसमा आज एक कार्यक्रमको आयोजना गरि उद्घाटन गरिएको हो ।
गौरादह नगरपालिका वडा न ३ का वडाध्यक्ष दिलिप भण्डारी र मिस्टर हिमालय अन्डर २१ को गोल्ड मेडलिस्ट (Mr. Himalaya Under 21 cup Gold Medalist ) बिशाल पौडेलले संयुक्त रुपमा उद्घाटन गरेका हुन ।
कार्यक्रममा गौरादह नगरपालिका वडा न १ का वडाध्यक्ष नगेन्द्र भण्डारी , २ का वडाध्यक्ष गोपाल कोइराला , ३ का वडाध्यक्ष दिलिप भण्डारी , उधोग बाणिज्य संघ गौरादहका अध्यक्ष जे बि कार्की , दृतिय उपाध्यक्ष दिल ब खत्री , महासचिव अशोक चुडाल , शुभलक्ष्मी सहकारीका अध्यक्ष प्रकाश कार्की , गौरादह २ का पुर्व वडाध्यक्ष हेमन्त कार्की लगायतको उपस्थिती रहेको थियो ।
कार्यक्रममा बिकास पौडेल , उधोग बाणिज्य संघ गौरादहका अध्यक्ष जे बि कार्की र गौरादह नगरपालिका वडा न ३ का वडाध्यक्ष दिलिप भण्डारीले शुभकामना मन्तव्य राखेका थिए ।
गौरादहका युवाहरु संजिब पराजुली , रिचार्ड दंगाल र आर्यन केसिको संयुक्त लगानीमा करिब ४० लाखको लगानिमा खुलेको हो ।
प्रकाशित मिति: २०२३-०६-२८ , समय : २१:५६:३५ , २ वर्ष अगाडि