झापा एक्सप्रेस , ३१९०६ पटक हेरिएको
लक्ष्मीपुर ।महिला एकता समूह काठमाडौँले मंगलबार झापाको एक विद्यालयका विद्यार्थीहरुलाई शैक्षिक ब्याग उपलब्ध गराएको छ ।
कनकाई नगरपालिका -८ लक्ष्मीपुरमा स्थित हिमाली माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई ३५ वटा शैक्षिक ब्याग उपलब्ध गराएको समूहकी अध्यक्ष मेनुका ओली चिमरियाले बताउनु भयो।
विद्यालयमा आयोजित एक कार्यक्रमका बीच समूहकी सदस्य शिखा गणेश र चित्रकला ओलीले शैक्षिक ब्याग विद्यार्थीलाई हस्तान्तरण गर्नुभएको थियो।
विगत लामो समय देखी विशेष गरेर बालबालिकाको क्षेत्रमा क्रियाशील उक्त समूहले विभिन्न क्षेत्रमा बसोबास गर्ने बालबालीकाहरुलाई शैक्षिक र पोषण सामाग्री उपलब्ध गराइरहेको छ।
प्रकाशित मिति: २०२३-०६-२८ , समय : ११:४२:३९ , १ वर्ष अगाडि