झापाको पन्थापाडाबाट लागूऔषध ब्राउन सुगर सहित दुई पक्राउ

झापा एक्सप्रेस , ३२८८६  पटक हेरिएको

झापा-झापा गाउँपालिका-५ मेचे बस्ती पन्थापाडाबाट अवैध लागूऔषध ब्राउन सुगर जस्तो देखिने पदार्थ २ ग्रामसहित २ जनालाई आइतबार दिँउसो प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा कमल गाउँपालिका-५ बस्ने २४ वर्षीय बिशाल राजवंशी र १९ वर्षीय रोहन ढकाल रहेका छन् । प्रहरी चौकी शरणामती र बी.ओ.पी पन्थडाँडाबाट संयुक्त रुपमा खटिएको प्रहरीले प्र.१-०१-०१३ प ४१८१ नम्बरको स्कुटरलाई जाँच गर्ने क्रममा स्कुटरमा सवार उनीहरूलाई उक्त लागूऔषधसहित फेला पारी पक्राउ गरेको हो ।

पक्राउ परेका उनीहरुका बारेमा थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०६-२६ , समय : २१:०५:११ , १२ महिना अगाडि