सहारा नेपाल साकोसले प्रदान गर्यो मृतक परिवारलाई राहत स्वरुप रु ५ लाख

झापा एक्सप्रेस , ५५३२०  पटक हेरिएको

कमल प्रसाई
सहारा नेपाल साकोस केर्खा सेवाकेन्द्र अन्तरगत सिवसताक्षी ३ पाराबारी स्थित संचालित लघुबित्त कार्यक्रमका सदस्य भक्तिमाया बिस्वकर्माको मृत्युमा संस्थाले आज एक कार्यक्रमका बीच नगद रु ५ लाख सदस्यलाई प्रदान गरेको छ ।

केही समय अगाडी सदस्यको मृत्यु भएको थियोे । संस्थामा सदस्यले कर्जा स्वरुप रु ५ लाख कर्जा लिनु भएको थियो । संस्थाको कर्जा सुरक्षण कार्यक्रम अन्तरगत सदस्य वा सदस्यको श्रीमानको जसको मृत्यु भए पनि जति कर्जा लिएको छ सो सम्पुर्ण मिनाहा हुने गरेको छ, सोही कार्यक्रम अन्तरगत आज एक कार्यक्रम गरि सिवसताक्षी नगरपालिका वडा न ३ का अध्यक्ष भास्कर नेउपानेको हातबाट उक्त रकमको चेक हस्तान्तरण गर्नुहुँदै सहारा नेपाल साच्चिकै बेसहाराको सहारा बनेको भन्दै यसप्रकारको सहयोगले संस्थाको उचाइ अझै बढेको भन्दै धन्यवाद र प्रसंशा गर्नु व्यक्त गर्नु भयो ।

प्रकाशित मिति: २०२३-०६-२१ , समय : २१:०१:५४ , १२ महिना अगाडि