श्रीमतीको हत्या आरोपमा श्रीमान पक्राउ

झापा एक्सप्रेस , ४०७८३  पटक हेरिएको

खोटाङ,जेठ ३१-खोटाङको दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-७ दोर्पामा खुकुरी प्रहार गरी श्रीमतीको हत्या गरेको आरोपमा मृतकका श्रीमानलाई प्रहरीले पक्राउ गरेको छ ।

दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका-६ नेर्पा घर भई हाल मझुवागढी- ७ बस्दै आएका ३२ बर्षीय बालजीत राईले मंगलवार साँझ ७ बजे सामान्य बादबिवादका कारण आफ्नै श्रीमती २८ बर्षीय सरीता तामाङलाई कुटपिट पश्चात खुकुरी प्रहार गरी हत्या गरेको भन्ने सूचना पाए संगै जिल्ला प्रहरी कार्यालय खोटाङबाट खटिएको प्रहरी टोलीले श्रीमानलाई खोजतसाल गर्ने क्रममा घर नजिकै रहेको जंगलमा लुकिछिपी बसेको अवस्थामा फेला पारी पक्राउ गरेको हो ।

हत्या गरेको आरोपमा पक्राउ परेका राईको सम्बन्धमा थप अनुसन्धान भईरहेको जिल्ला प्रहरी कार्यालय खोटाङले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०६-१४ , समय : १९:३९:५७ , १२ महिना अगाडि