कनकाई नगरपालिकाका २८ परिवारलाई धनीपुर्जा

झापा एक्सप्रेस , ५७७६८  पटक हेरिएको

कनकाई-कनकाई नगरपालिकाले धनीपुर्जा बितरणका कामका लागि काम थालेको ६ बर्ष बढी भइसक्दा पनि आवश्यक सरकारी समन्वयको कमीका कारण ६ हजारले पाउनुपर्नेमा मुस्किलले केहि सयले मात्रै यो पुर्जा प्राप्त गर्न सफल बनेका छन । यसैविच आजै कनकाई नगरपालिकाले भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासी २८ जनालाई धनिपूर्जा बितरण गरेको छ ।

झापाको कनकाई नगरको सभाहलमा बुधवार आयोजित कार्यक्रममा नगरका २८ घरपरिवारलाई धनिपूर्जा बितरण गरिएको हो । कनकाई नगरपालिका वडा नं. ५ का २२ र वडा नम्बर ८ का ६ भूमिहीन दलित, भूमिहीन सुकुम्वासी तथा अब्यवस्थित बसोवासीलाई धनिपूर्जा बितरण छ ।

भूमि ब्यवस्था सहकारी तथा गरिबी निवारण मन्त्री रञ्जिता श्रेष्ठ चौधरीले जग्गाधनीपुर्जा बितरण गर्नुभएको हो । धनीपुर्जा बितरण गर्दै भुमि ब्यावस्था तथा सहकारी मन्त्री श्रेष्ठले सरकार भुमिहिन तथा सुकुम्वासीहरुलाई जतिसक्दो चाडो धनीपुर्जा बितरण गरेर हक स्थापित गर्न लागिपरिरहेको बताउँनुभयो । मन्त्री श्रेष्ठले बुधवारनै झापा तथा इलामको सिमामा रहेको इलामको चुलाचुली गाउँपालिकामा समेत जग्गा धनीपुर्जा प्रदान गर्नुभएको थियो ।

मन्त्री रञ्जिताले भूमिहीन सुकुम्वासी बलराम मण्डललाई धनिपूर्जा वितरण गरेर कनकाईमा अभियानको सुभारम्भ गर्नुभएको हो । धनीपुर्जा बितरण कार्यक्रममा बोल्दै कनकाई नगरपालिकाका प्रमुख राजेन्द्रकुमार पोखरेलले मन्त्री श्रेष्ठलाई नगरपालिकाले माथिल्लो तहको आवश्यक सहयोग नहुदा कनकाई नगरका ५ हजार बढी भुमिहिन, अव्यावस्थित तथा सुकुम्वासीले धनीपुर्जा प्राप्त गर्न कठिनाई भइरहेको बताउँनुभयो ।

कार्यक्रममा प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल, राष्ट्रिय भूमिआयोगका केन्द्र तथा जिल्लाका प्रमुख तथा प्रतिनिधि, नगरका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिलगायतको उपस्थिति रहेको थियो । कनकाई नगरपालिकाले विगत ६ बर्षपहिलेदेखि पालिका स्वयमले भुमिका लागि कर्मचारीको व्यावस्थापन गरेर कामगरिरहेपनि यस अवधिमा ज्यादै न्युन सङ्ख्यामा मात्रै धनीपुर्जा बितरणको काम भएको छ ।

प्रकाशित मिति: २०२३-०६-०७ , समय : २०:५२:०२ , २ वर्ष अगाडि

error: Content is protected !!