झापा एक्सप्रेस , ६८५३५ पटक हेरिएको

युवराज रेग्मी
२१ जेष्ठ-झापाको गौरादह नगरपालिकामा १७औं छुवाछुत मुक्तरास्ट्र स्मृति दिवस मनाइएको छ ।गौरादह नगरपालिकाको वडा न. १ मा पर्ने गौरादह बजारमा एक औपचारिक कार्यक्रम गरि उक्त स्मृति दिवस मनाईएको हो ।
जेष्ठ २१ अर्थात ” जातिय भेदभाब तथा छुवाछुत उन्मुलन रास्टिय दिवस”को अबसर पारि नेपाल दलित संघ गौरादह नगर समिति गौरादहको आयोजना तथा नेपाली काङ्ग्रेस गौरादह नगर समितिको संयोजनमा उक्त कार्यक्रम मनाइएको हो ।
नेपाली काङ्रेस झापा ५ का महाधिवेशन प्रतिनिधि अमर बराइलीको सभापतित्व तथा नेपाली काङ्ग्रेसकि केन्द्रिय सदस्य एबम संविधानसभा सदस्य महिन्द्रा कुमारी लिम्बुको प्रमुख आथित्यतामा आयोजित कार्यक्रममा छुवाछुत उन्मुलन सम्बन्धमा बक्ताहरुले आ-आफ्ना धारणा राखेका थिए ।
कार्यक्रममा आफ्ना बिचार राख्दै नेपाली काङ्ग्रेसका महाधिवेशन प्रतिनिधि अनिल कृष्ण प्रसाईंले आफ्नो गाउँमा ४० बर्ष अगि देखिनै छुवाछुत तथा जातिय बिभेदको अन्त्य गरेको र आफ्नो गाउँमा ऐले जातियताको नाममा त्यस्तो कुनै विभेद नगरिने प्रसङ्ग उल्लेख गरेका थिए ।
उक्त विभेद अन्त्य गर्न मुख्य भुमिका निर्बाह गर्ने आफ्ना दिगम्बत पिताको मुख्य योगदान रहेको प्रसाईंले उल्लेख गरेकाथिए ।
कार्यक्रममा आफ्ना बिचार राख्दै नेपाली काङ्ग्रेस झापा छेत्र न ५ का क्षेत्रीत सभापति ढुन्डिराज भण्डारीले मुलुकमा जम्मा २ वटा जात रहेको जसमा महिला र पुरुष बाहेक अरु कुनै जात नभएको उल्लेख गर्दै बिभेदको नाममा बिभिन्न ब्यक्तिहरुलाइ उपेक्षा गरिने परम्परा परापुर्बकाल देखिनै रहदै आएकोले अब जातियताका नाममा गरिने यस्तो बिभेद अन्त्यगर्न आवस्यक रहेको बताए ।
तथापी नेपाल सरकारले २०६३ साल जेष्ठ २१ गतेको प्रतिनिधि सभाको बैठक द्वारा नेपाल मुलुक लाई छुवाछुत मुक्त रास्ट घोषणा गरिएको उल्लेख गर्दै यो बिभेद ब्यबहारिक रुपमा अझै कायमै रहेकोले धनि र गरिब बिचको बिभेदको रुपमा छुवाछूत अझै सम्म कायमै रहेको भण्डारीले उल्लेख गरेकाथिए ।
साथै उनले जबसम्म मुलुक समृद्ध बन्न सक्दैन तबसम्म यहाँका मानिसहरुले जातियताका नाममा गर्ने विभेद अन्त्य नहुने ठहरगर्दै राज्यले गरेको छुवाछुत मुक्त रास्टको घोषणा हाल सम्मपनि कागजी रुपमा मात्रै सिमित रहेको प्रस्ट्याए ।
कार्यक्रममा आफ्ना बिचार राख्दै प्रमुख अतिथि लिम्बुले छुवाछुत उन्मुलनका लागि सबै नेपाली एकजुट भइ लागिपर्न आवस्यक रहेको बताइन ।
प्रमुख अतिथी लिम्बुले आफ्नो अतीतलाई स्मृतिगर्दै आफुले बिध्यार्थी जीवनमा दर्जनौ साथिहरुसग समभाब राख्दै हिडेको ब्यबहारले आफूपनि परिवारबाट केही हदसम्म उपेक्षित बनेको प्रसङ्ग उल्लेख गरेकि थिइन । साथै आफुले त्यस्तो उपेक्षाको बेवास्था गर्दै आफुले छुवाछुतको व्यवहार लाई पारिवारिक रुपमै अन्त्य गरेको उल्लेख गरिन ।
कार्यक्रममा आफ्ना बिचार राख्दै कार्यक्रमका सभापति बराइलीले छुवाछुतको बिषय बाहिरी रुपमा कमि भएपनि भित्रिरुपमा अझैसम्म पनि उत्तिकै रुपमा कायमै रहेको उल्लेख गरे ।
छुवाछुत र विभेद अन्त्यका लागि दलित समूहहरु मात्र लागेर सम्भब नहुने बताउदै दलगत रुपमानै यस्तो विभेद अन्त्यका लागि जोडदार रुपमा लाग्नुपर्ने र यदि पार्टी भित्र रहेका कृयाशील सदस्यहरुले कहि कतै त्यस्तो बिभेद गरेको देखिए सुनिएमा त्यस्ता ब्यक्तिलाई पार्टीको साधारण सदस्य समेत नरहने गरि कारबाही गरिनुपर्ने बताए ।
हाल सम्म पार्टीले त्यस्तो कुनै कारबाही गरेको नपाइएकोले पार्टी पंतिलाई छुवाछुत र बिभेदको बिषय लाई गम्भीर रुपमा लिन पार्टी भित्र बैचारिक बहस चलाउन अनुरोध गरे ।
नेपाली काङ्ग्रेस झापा ५ ( क ) का प्रदेश प्रतिनिधि सुभाष ठटालले स्वागत गरेको कार्यक्रम दलित उन्मुलन अभियन्ता तथा ब्यबसायी मोहन बराइलिले संचालन गरेका थिए ।
प्रकाशित मिति: २०२३-०६-०४ , समय : २०:३२:५८ , २ वर्ष अगाडि