झापाको एक सहकारीबाट ६ लाख ६४ हजार चोरी

झापा एक्सप्रेस , ६९९४३  पटक हेरिएको

सांकेतिक तस्बिर

दमक । झापाको दमक नगरपालिका-४ कृष्ण मन्दिरस्थित परामर्श बचत तथा ऋण सहकारी संस्था लिमिटेडबाट नगद ६ लाख ६४ हजार ३ सय रुपैयाँ बिहिबार राति चोरी भएको छ ।

उक्त संस्थाको गेटको ताल्चा फुटाई प्रवेश गरेर लकरमा रहेको उक्त नगद चोरी भएको भन्ने खबर प्राप्त हुनासाथ इलाका प्रहरी कार्यालय दमकबाट खटिएको प्रहरीले चोरीमा संलग्न हाल फरार व्यक्तिको खोजी गर्नुका साथै यस सम्बन्धमा आवश्यक अनुसन्धान गरिरहेको छ ।

प्रकाशित मिति: २०२३-०६-०३ , समय : १९:३६:५० , १ वर्ष अगाडि