गर्मीमा पौडी खेल्नजादाँ कनकाईका सलिमको मृत्यु

लिलाराज झापाली , ६३०७३  पटक हेरिएको

कनकाई-अत्याधिक गर्मीका कारण खोलामा पौडी खेल्ने क्रममा डुबेर झापा कनकाई नगरपालिका २ का २१ बर्षिय सलिम गुरागाईको आज शुक्रवार साँझ  डुबेर मृत्यु भएको छ ।

कनकाई नगरपालिका २ निवासी गुरागाई साथीहरुसहित स्थानीय कनकाई नदि दोमुखा क्षेत्रमा दिउँसो  ४ बजेतिर पौडी खेल्न गएकोमा ४ः १५ बजेतिर अचानक डुबेर मृत्युभएको कनकाई नगरपालिका २ का वडाअध्यक्ष बलराम राई प्रतापले जानकारी दिनुभयो ।

हाल मृतक युवकको शवलाई पोस्ट म्याटमका लागि दमकतर्फ लगिएको छ ।
तस्वीर मृतक ः गुरागाई

प्रकाशित मिति: २०२३-०६-०२ , समय : २०:०३:५३ , १ वर्ष अगाडि