मैनालीले निजि लगानीमा पारे कनकाईका १२ टोल झलमल

झापा एक्सप्रेस , ४७९३८  पटक हेरिएको

कनकाई-झापा कनकाई नगरपालिका ३ निवासी ३५ बर्षिय रमेशचन्द्रबाबु मैनालीले आफ्नो एकल लगानीमा आफ्नो गाउँ मात्रै नभएर छिमेकी अन्य १२ टोल झलमल पार्नुभएको छ ।

मैनालीले केहि महिना अगाडि आफ्नै घरसम्म रातीको समयमा आउँदा अध्यारोका कारण कुकुर र सर्पले झण्डै टोकेको कारण आफ्नै गाउँबाट बत्ती बाल्न सुरु गरेका मैनालीले आफ्नो गाउँ मात्रै झलमल पारेनन घर छेउमा रहेको कनकाई माविको खेल मैदान हुदै छिमेकी गाउँ टप्पु, पिङ्गडाँडा, तीनतले, चारआली चौक, बुद्धचौक, पाथिभरा टोल, सुरुङ्गा खोलातर्फको पञ्चायात मार्ग, रेडक्रस मार्गमा आफ्नै निजि लगानीमा गाउँहरु झलमल पारेका छन ।

कनकाई नगरपालिकाले यसअगाडि जोडेका सडक वत्तीहरु प्राय सबै बिग्रिएर पुरानै अवस्थामा पुगेको देखेपछि आफुले गाउँलेलाई चोरी लगायतका समस्याबाट वचाउनका लागि आफै अगाडि सरेको रमेशचन्द्र मैनालीले बताउँनुभयो । हालसम्म मैनाली हेलोजिन लाईट ३२ वटा र सामान्य लाईट १५ वटा गरि ४७ वटा लाईट जडान गरिसकेको बताउँनुभयो । जसमा एउटै हेलोजिन लाईटको जडान सहितको मुल्य ६ हजार ५ सय रुपैँया पर्ने छ । मैनालीले आफ्नो लगायात छिमेकी गाउँमा समेत उज्यालो लाईट जडान गरिदिएसगै गाउँमा चोरी लगायातका अपराधिक क्रियाकलापमा नियन्त्रण भएको स्थानीयको भनाई छ । मैनालीले यस वाहेक समेत मृगौला पिडित, क्यान्सर पिडित, र असक्त असाहयहरुका लागि समेत सक्दो आर्थिक सहयाता समेत गर्दै आएका छन । मैनाली राजनैतिक रुपमा समेत स्वतन्त्र पार्टीका कनकाई ३ का वडासभापति समेत रहेका छन ।

प्रकाशित मिति: २०२३-०५-१४ , समय : ०९:४५:०४ , १ वर्ष अगाडि