होटलभित्र युवती झुण्डिएको अवस्थामा मृत फेला,श्रीमान नियन्त्रणमा

लिलाराज झापाली , ६८४५८  पटक हेरिएको

आज विहान झापा कनकाई नगरपालिका ३ सुरुङ्गाको एक होटलको कोठामा एक २४ बर्षिय युवती झुण्डिएर मृत अवस्थामा फेला परेकी छिन ।

स्थानीय २४ बर्षिया युवती सीता बुडाथोकी चौधरी होटल पाथिभराको कोठामा मंगलवार बिहान मृत अवस्थामा फेला परेकी हुन । मृतकको शव झ्यालमा पासो लगाएर मृत्यु भएको अवस्थामा फेला परेको हो । लज समेत रहेको उक्त होटलमा उनका श्रीमान रमेश चौधरी समेत काम गर्ने गरेको प्रहरीले जनाएको छ ।

श्रीमती श्रीमान सुतेको कोठा वाहेक अर्कै कोठामा मृत अवस्थामा भेटिएपछि प्रहरीले श्रीमानलाई अनुसन्धानका लागि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ । उनकी श्रीमती समेत सुरुङ्गाकै अकै होटलमा काम गर्दै आइरहेकी थिइन । शवलाई पोस्टम्याटमका लागि विपि कोइराला स्वास्थ्य प्रतिष्ठान धरान लगिएको छ । घटनावारे पोस्ट म्याटम रिर्पोट आएपछि मात्रै केहि बोल्न मिल्ने प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०५-०९ , समय : १६:५७:२९ , १ वर्ष अगाडि