झापा एक्सप्रेस , ३९२८९ पटक हेरिएको
![](https://www.jhapaexpress.com/wp-content/uploads/2023/05/ghyarya.jpg)
शरणामती- झापाको झापा गाउँपालिकाले ९ लाख ९४ हजार खर्चेर १०० जनालाई हलुका सवारी चालक सम्बन्धी तालिमको सुरुवात गरेको छ ।३० दिने तालिमको आज आइतबार देखी विधिवतरुपमा सुचारु गरिएको हो ।
तिन वटा ड्राइभिङ्ग फर्महरुसँग प्रस्ताब आह्वान गर्दा बिराट ड्राइभिङ्ग सेन्टर प्रालिले सो रकममा १ महिने ड्राइभिङ्ग तालिम दिने भएको हो ।
पालिकाले ड्राइभिङ्ग तालिम लिने इच्छुकका लागी पहिले ३० जनालाई निवेदन आग्रह गरेको थियो ।तर १३२ जनाले निवेदन दिए पछी अहिले १०० जना सिकाउने र ३२ जनालाई वैकल्पिकमा राखेको जनाएको छ ।युवाहरुलाई स्वरोजगार बनाउने लक्ष्यका साथ कार्यक्रम थालिएको गाउँपालिकाले जनाएको छ ।
प्रकाशित मिति: २०२३-०५-०७ , समय : २०:१९:१२ , २ वर्ष अगाडि