झापा एक्सप्रेस , ३०३५६ पटक हेरिएको

शरणामती।नवजीवन प्रतिष्ठानको आयोजनामा झापाको कनकाइ नगरपालिकामा लागु औषध दुर्व्यसन विरुद्ध प्रशिक्षण दिएको छ।
वडा नम्बर ३ स्थित कनकाई माध्यमिक विद्यालयमा अध्यानरत विद्यार्थीहरुलाई प्रशिक्षण दिएको हो ।
कार्यक्रममा प्रशिक्षक सुबास अधिकारीले विद्यार्थीलाई लागु औषध भनेको के हो? व्यक्ति, समाज, राष्ट्र तथा परिवारमा यसले के कस्तो प्रभाव पार्दछ? लागु औषध मानिसहरूले के कारणले गर्दा सेवन गर्न बाध्य हुन्छ? सेवनकर्ताहरुमा लागु औषधको सेवन पश्चात् के कस्ता लक्षणहरू देखा पर्दछन्? यसको कुलतमा फसेकाहरूलाई कसरी सुधार गर्न सकिन्छ? लगायत बारेमा जानकारी गराएको कार्यक्रम संयोजक बाबूप्रसाद लिम्बुले बताए।
कार्यक्रममा विद्यार्थीहरुको साथै विद्यालयका शिक्षक,वडा नम्बर ४ का वडाध्यक्ष रोशन सुवेदी लगायत समाजका अन्य व्याक्तीहरुको समेत उपस्थिती रहेको थियो।
प्रकाशित मिति: २०२३-०५-०७ , समय : १७:२६:३५ , २ वर्ष अगाडि