वडा स्तरीय फुटबल प्रतियोगिताको उपाधी कनकाई ५ लाई

झापा एक्सप्रेस , ४८५८१  पटक हेरिएको

तुलसीबारी । झापाको कनकाईमा सम्पन्न वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधी वडा नम्बर ५ ले जितेको छ ।

शनिवार सम्पन्न फाइनल खेलमा वडा नम्बर २ लाई ०/२ गोल अन्तरले हराउँदै वडा नम्बर ५ ले उपाधी उचालेको हो ।कनकाई ५ का मनिष लिम्बु र साहिल लिम्बुको गोलबाट २ नम्बर स्तब्ध बनेको थियो ।नेपाल खेलकुद महासंघ कनकाई कमिटिको आयोजनामा भएको प्रथम वडा स्तरीय नकाउट फुटबल प्रतियोगिताको उपाधी संगै बिजेता टिमले नगद ३१ हजार सहित ट्रफी,मेडल र प्रमाणपत्र हात पारेको छ । उपविजेता बनेको वडा नम्बर २ ले २१ हजार प्राप्त गरेको आयोजक समितिका अध्यक्ष गोबिन्द सुबेदीले जानकारी दिनुभयो । विजेता र उपविजेता टिमलाई नेपाल खेलकुद महासंघ कोशी प्रदेशका अध्यक्ष राजकुमार थापाले पुरस्कार वितरण गर्नुभएको थियो। फाईनल खेलको म्यान अफ द म्याच कनकाई ५ का साहिल बस्नेत हुनुभयो ।

त्यस्तै प्रतियोगितामा सर्वाधिक गोलकर्ता ५ कै रुचन लिम्बु र प्रतियोगिता भर उत्कृष्ट प्रदर्शन गर्ने वडा नम्बर ५ का मानिस लिम्बु म्यान अफ द टुर्नामेन्ट घोषित हुनुभयो। गत १६ गते बाट शुरु भएको खेलमा कनकाईका सातै वटा वडाका टिमले सहभागीता जनाएको खेल संयोजक पूर्ण लिम्बुले बताउनु भयो ।

प्रकाशित मिति: २०२३-०५-०६ , समय : २१:४४:११ , १२ महिना अगाडि