वार्ड स्तरीय फुटबलमा ७ नम्बर विजयी

झापा एक्सप्रेस , ४२०४६  पटक हेरिएको

कनकाई-नेपाल खेलकुद महासंघ कनकाईको आयोजनामा कनकाई ५ तुलसीवारीमा आयोजना भईरहेको वार्ड स्तरीय फुटबल प्रतियोगितामा कनकाई वडा नम्बर ७ कनकाई ३ लाई १ का बिरुद्ध २ गोलले पराजित गर्दै दोस्रो चरणमा प्रवेश पाएको छ ।

आज भएको प्रतिस्पर्धात्मक खेलमा ७ नम्बरले ३ नम्बरको चुनौती १ का बिरुद्ध २ गोलले पन्साएको हो । ७ नम्बरका लागि पहिलो गोल खेल भएको दोस्रो मिनेटमै अनमोल कार्की र दोस्रो हाफको अन्तिमतिर पेलान्टी गोल मार्पmत राज मगरले गोल गर्दै जित सुनिश्चित गरेको हुन्। ३ नम्बरका लागि एक मात्र शान्तवाना गोल मनिस राईले खेलको अन्तिम मिनेटतीर लगाएका थिए।

आजको खेलको म्यान अफ द म्याच विजयी टिमका विक्रम मुर्मु भए।उनले नगद १ हजार रुपैँया प्राप्त गरेको आयोजक समितिका संयोजक पुर्ण लिम्बुले बताए।

आजको खेलमा अधिकांस गोल पोजिसन वार्ड नम्बर ३ को पक्षमा भएपनि स्कोर गर्न नसक्दा ३ नम्बर पराजित बनेको हो । भोलीबाट प्रतियोगिताको दोस्रो चरणको खेल हुने छ । जसमा वार्ड नम्बर ५ ले ४ सँग पहिलो क्वाटर फाईनल खेल खेल्ने आयोजक समिति नेपाल खेलकुद महासंघ कनकाईका अध्यक्ष गोविन्द सुवेदीले बताए ।

वैशाख २३ गतेसम्म हुने प्रतियोगितामा कनकाईका ९ वडाको सहभागिता रहेको छ । प्रतियोगिताको उदघाटन झापा ४ का माननीय सांसद एलपीसाँबा लिम्बुले गर्नुभएको थियो ।

प्रकाशित मिति: २०२३-०५-०२ , समय : १९:१३:३५ , १ वर्ष अगाडि