बालमैत्री नगर घोषणा गर्न कनकाई नगरमा तयारी तिव्र

झापा एक्सप्रेस , ३०४३६  पटक हेरिएको

चन्द्र बस्नेत
१० बैशाख-झापाको कनकाई नगरपालिकाले आर्थिक बर्ष २०८१/०८२ मा नगरलाई बालमैत्री घोषणाको तयारी गरिरहँदा स्थानीय शासन नगर समिति लक्षित नगरका सरोकारवालसँग छलफल गरेको छ।

बालमैत्री स्थानीय शासन अभियान अन्तरगत झापाको कनकाई नगरपालिकाका सरोकारवाला सँग छलफल गरेको हो। नगरको बाल कल्याण ईकाईको आयोजनामा आइतवार (आज) बालमैत्री स्थानीय शासन बारे जानकारी गराउने उदेश्यसहित सरोकारवालाहरुसँग सल्लाह, सुझावसहित छलफल भएको हो ।

कनकाई नगर प्रमुख तथा स्थानीय शासन नगर समितिका सयोजक राजेन्द्रकुमार पोख्रेललेको अध्यक्षमा भएको कार्यक्रममा प्रदेश नं. १ बालबालिका समन्वय अधिकृत सुमन अधिकारीले सहजीकरण गर्नु भएको थियो।

छ्लफल कार्यक्रममा बालमैत्री घोषणा गर्न स्थानीय तहले गर्नुपर्ने तयारीका बारेमा र अहिलेसम्म भएका प्रगतिका बारेमा जानकारी गराईएको थियो। झापाको भद्रपुर नगरपालिकासहित प्रदेश १ मा ३ तथा नेपालमा यसअघि १४ वटा स्थानीय तहहरुले बालमैत्री घोषणा गरेको र यो कनकाई नगरपालिका प्रदेशमा चौथो तथा नेपालकै पन्धौं बालमैत्री घोषणा गर्नका लागि आगामी २०८१÷८२ मा नगरलाई बालमैत्री घोषणाको तयारीमा आफुहरु लागिपरेको प्रदेश नं.१ बालबालिका समन्वय अधिकृत अधिकारीले जानकारी दिनुभयो ।

कार्यक्रममा वडा अध्यक्षहरु वडा न १ शुसिलकुमार पोख्रेल, २ अध्यक्ष प्रताप राई, ५ का अध्यक्ष कृष्णबहादुर राई, ६ का अध्यक्ष दीर्घबहादुर थापा, ८ का अध्यक्ष लीलाबहादुर कटुवाल, कार्यपालिका सदस्य, अन्य वडा सदस्य, नगर योजना शाखाकि कर्मचारी जमुना कटुवाल, जिल्ला बालसन्जालका अध्यक्ष अभिषेक मिश्र बिद्यालयका प्रतिनिधि, सामाजिक संघ/संस्थाका प्रतिनिधि, राजनीतिक दल, बाल क्लवहरुलगायतको उपस्थिति रहेको थियो ।कार्यक्रममा बालमैत्री स्थानीय शासन र त्यसको फाइदालगायतका बिषयमा जानकारी दिइदै सल्लाह, सुझावसहित छलफल गरिएको थियो ।

कनकाई नगरले यो आर्थिक बर्षमा तीन वटा वडालाई बालमैत्री घोषणाको तयारी गरिरहेको र यस्तो छ्लफल कार्यक्रम बिद्यालय, वडा, टोल तथा नगर लक्षित गर्दै जाने कनकाई नगर प्रमुख तथा स्थानीय शासन नगर समितिका सयोजक पोख्रेलले जानकारी दिनुभयो ।

बालमैत्री घोषणा गर्ने तयारीसँगै बालस्रोत व्यक्ति रुद्रमणि पोख्रेल र प्रजेश खनालले नगरका सबै वडामा गठन भएका बाल क्लब, टोल तथा बिद्यालयहरुमा अनुगमन एवम् सचेतना मुलक पर्चा पम्प्लेट वितरण भइरहेको प्रमुख प्रशासकीय अधिकृत मोहनप्रसाद न्यौपानेले जानकारी दिनुभयो । बालमैत्री घोषणाका लागि नगरले यसअघि नै बालबालिकाको मनोपरामर्श कक्ष र स्तनपान कक्षको स्थापना गरिएको छ ।

त्यस्तै बालमैत्री नगर घोषणाका लागि नगर प्रमुख राजेन्द्रकुमार पोखरेल नेतृत्वको टोलीले नगरका बिभिन्न
स्थानको अनुगमन, उपप्रमुख आशा शर्मा शिवाकोटीको नेतृत्वमा सूचना सिकाई केन्द्रको स्थापना, प्रत्येक वडाध्यक्षको संयोजकत्वमा बालमैत्री वडा समिति गठन गरी विभिन्न कार्यहरु गरिरहेको नगर कर्मचारी बिजय पाठकले जानकारी दिनुभयो । स्वागत तथा कार्यक्रमको औचित्यमाथि प्रकाश कनकाई नगरपालिकाका बालमैत्री स्थानीय शासन बिज्ञ प्रजेश खनालले पारेको कार्यक्रमको सन्चालन नगर बाल कल्याण अधिकारी ढकालले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२३-०४-२३ , समय : १६:०२:४५ , ११ महिना अगाडि