महिलाहरुलाई आत्मनिर्भर बनाउँदै झापा गाउँपालिका(भिडियो रिपोर्ट )

झापा एक्सप्रेस , १८५५४  पटक हेरिएको

झापा।जिल्लाको झापा गाउँपालिकाले पालिकाभित्रका महिलाहरुलाई सीपमूलक तालिम दिएर आत्मनिर्भर बनाउने अभियान थालेको छ।

गाउँपालिकाका सात वटै वडाका महिलाहरुलाई सिलाइबुनाई र व्युटीपार्लर सम्वन्धी सीपमूलक तालिम दिएर महिलालाई आत्मनिर्भर बनाउन गाउँपालिका लागि परेको हो।

वडा नम्बर ६ मा गत चैत्र १५ गतेदेखि सुरु भएको एकमहिने सिलाइबुनाई र व्युटीपार्लर सम्बन्धी सीप विकास तालिम यहाँका महिलालाई दिएको वडा नम्बर ६ वडाध्यक्ष नविनकिशोर थापाले बताउनु भयो।

झापा गाउँपालिकाका महिलालाई आत्मनिर्भर गर्नका लागि सो तालिम दिएको उद्योग वडासदस्य हेमा राईले जानकारी दिनुभयो।

सिलाइबुनाई र व्युटीपार्लर सम्बन्धी तालिम दिने प्रशिक्षकहरुले महिलाहरुलाई सो सम्बन्धी विभिन्न कुरा सिकाइएको बताउनुभयो।

तालिममा सहभागीहरुले निशुल्क तालिम लिन पाउँदा खुसी व्यक्त गर्नुभयो।

सिलाईबुनाईमा २० जना र व्युटीपार्लर सम्बन्धी तालिम २० जना गरेर कुल ४० जनाले तालिम लिइराख्नु भएको छ।यस्ता आत्मनिर्भरमुलक तालिम झापामा वडागतरुपमा पनि सन्चालन भइरहने गर्छन।

गरिबी निवारण र लघुउद्दम विकास कार्यक्रम सञ्चालन गर्नका लागि बजेट तथा कार्यक्रमबाट पारित भएकाले यहाँँका नागरिकको अपेक्षाअनुसार काम गरिने झापा गाउँपालिकाले जनाएको छ।

प्रकाशित मिति: २०२३-०४-१३ , समय : २०:५६:१७ , २ वर्ष अगाडि