कमल प्रसाई , ३९८७९ पटक हेरिएको

केर्खा-सहारा नेपाल साकोस लि. केर्खा सेवाकेन्द्रले आफ्ना सदस्यहरुसँग “सदस्य सुनौ, सदस्य बुझौं” कार्यक्रम आयोजना सम्पन्न गरेको छ ।
कमल गाउँपालिका- ४ झापामा चैत १८ गते शनिवार आयोजित कार्यक्रमको सभापति सेवाकेन्द्र सहयोग उपसमिति संयोजक सिवकुमार भट्टराईको अध्यक्षतामा सम्पन्न भएको कार्यक्रमको औचित्यमाथि प्रकाश पार्दै सेवाकेन्द्र प्रमुख बिकास गिरीले संस्थाको कार्यक्रममा कर्जा र बचतको मात्रै कारोबार नभई सामाजिक उत्तरदायित्व अन्तर्गतका कार्यहरू गर्दै आएको बारे बताउनु हुँदै संस्थाले गरेका क्रियाकलापहरुको बारेमा सदस्यहरुको धारणा समेत बुझी त्यसको जवाफ दिदै सदस्य र संस्थाको बिचमा अत्यन्तै सुमधुर, समन्वयनकारी र गहिरो सम्बन्ध हुनुपर्ने जोड दिनु भयो ।
स्थानीय ६ समुहका करिब १०० जनाको उपस्थिति रहेको सो कार्यक्रम सदस्य उर्मिला श्रेष्ठको घरमा सम्पन्न भएको हो ,केही सदस्यहरुले अहिलेको जटिल परिस्थितिमा सहकारीहरुलाई हरेक कोणबाट चौतर्फी हमला भैरहेको र सहकारीको रकम भनेको जनताको रकम भएकोले यसलाई जोगाइ राख्न सम्पुर्ण सदस्यहरुको दायित्व रहेको बिचार राख्नु भयो । कर्मचारी राम प्रसाद घिमिरेको व्यवस्थापन तथा कुल प्रसाद प्रसाईंले संचालन गर्नु भएको कार्यक्रममा स्वागत मन्तव्य सहयोग उपसमिति सदस्य उर्मिला रिजालले र शुभकामना मन्तव्य देबिमाया बस्नेतले राख्नु भयो । साथै संस्थाले भर्खरै सेयरको लागि आवेदन पनि खुल्ला गरेको जानकारी दिनुहुदै आगामी बैशाख १५ गतेसम्ममा सेयरको लागि आवेदन दिइसक्नु पर्ने सेवाकेन्द्र प्रमुखले बताउनु भयो । कार्यक्रमको अन्त्यमा नयाँ बर्षको शुभकामना आदानप्रदान २०८० सालको संस्थाको क्यालेन्डर बितरण, हण्डी फोर तथा म्युजिकल चियर खेल समेत राखिएको थियो ।
प्रकाशित मिति: २०२३-०४-०२ , समय : १४:२६:१० , २ वर्ष अगाडि