हल्दीबारीका पूर्व उपाध्यक्ष गिरी नेकपा एसमा प्रवेश

झापा एक्सप्रेस , २९७५९  पटक हेरिएको

झापा । एमाले झापा जिल्लाका नेता तथा २०७४ सालको स्थानीय तहको निर्वाचनमा हल्दिबारी गाउँपालिकाको निर्वाचनमा निर्वाचित उपाध्यक्ष डम्बर गिरी नेकपा एकीकृत समाजवादी प्रवेश गरेका छन् ।

एमालेको युवा संघको पुर्व जिल्ला अध्यक्ष समेत रहेका गिरीले गत निर्वाचनमा झापा ३ मा संघीय सम्सदका लागि स्वतन्त्र उम्मेद्बारी दिएका थिए ।

उनले आफ्नो फेसबुकमा लेखेका छन् , आज मिती २०७९ चैत्र ११ गते देखि मेरो आफ्नो कम्युनिस्ट पार्टीको सदस्यता नेपाल कम्युनिस्ट पार्टी एकीकृत समाजवादीमा नविकरण गरेको घोषणा गर्दछु । नेपालको कम्युनिस्ट आन्दोलनलाई ठीक ढंगले अगाडि बढाउनका लागि यो पार्टी नै आजको दिनमा सर्वाधिक उपयुक्त मंच हो । नेपालका सम्पूर्ण कम्युनिस्ट क्रान्तिकारीहरूलाई समेत नेकपा (एकीकृत समाजवादी) मा समाहित भई नेपालको कम्युनिस्ट आन्दोलनको पुनर्गठनको अभियानमा सामेल हुन आह्वान समेत गर्दछु ।

उनले झापामा एमालेले राप्रपासग तालमेल गरेको बिसयलाई आपत्ति जनाउदै एमालेबाट बिद्रोह गरेका थिए । गिरी झापामा ससक्त युवा राजनितिकर्मी हुन् । उनको पार्टी प्रवेशले नयाँ तरङ्ग पैदा गराएको छ ।

प्रकाशित मिति: २०२३-०३-२६ , समय : १९:१२:५५ , १ वर्ष अगाडि