झापा एक्सप्रेस , १११५० पटक हेरिएको
बिर्तामोड ।प्रदेशको नाम कोशी खारेजीको माग गर्दै आएका पहिचानबादी पार्टी तथा संघ/संगठनले झापाको बिर्तामोडमा बिरोध प्रदर्शन गरेका छन् ।
उनीहरुले शनिवार बिर्तामोडको मुक्तिचोकमा एक घण्टा चक्काजाम गर्दै बिरोध प्रदर्शन गरेका हुन् । पहिचानबादी दल तथा संघ/संस्थाले कोशी प्रदेश मान्दैनौं, पहिचानबादी एक हौं, लिम्बुवानबादी एक हौं, पहिचान बिरोधी होसियार, मुख्यमन्त्री राजिनामा दे, हाम्रो आन्दोलन जारी छ, पदम लिम्बुलाई शहिद घोषणा गरलगायतका नाराबाजी गर्दै बिरोध प्रदर्शन गरेका थिए ।
गत चैत ५ गते बिराटनगरमा भएको विरोध प्रदर्शनका क्रममा प्रहरीसँगको झडपमा घाईते भएका पदम लिम्बु (लाजेहाङ) को उपचारको क्रममा मृत्यु भएको थियो ।
प्रकाशित मिति: २०२३-०३-२५ , समय : १९:५०:५८ , २ वर्ष अगाडि