श्रीमानको हतियार प्रहारबाट सुरङ्गाकी विना सख्त घाईते, खर्च अभावमा मृत्यु कुर्दै

झापा एक्सप्रेस , १७५५४  पटक हेरिएको

सुरुङ्गा ।सँगै जिउने सँगै मर्ने भनि एकअर्कामा कसम खाएर प्रेम बिवाह गरेको ६ महिनामै श्रीमानको छुरा प्रहारबाट सख्त घाईते बनेकी झापा कनकाई नगरपालिका ३ कालिस्थानकी ३८ बर्षिय विना लिम्बु हाल उपचार खर्च अभावमा मृत्युसँग पैठेजोरी खेल्दैछिन् ।

गत भदौमा मात्रै कनकाई नगरपालिका ३ भीमसेन स्थानमा डेरा गरि बस्ने पदमबहादुर कुमालसँग प्रेम बिवाह गरेकी विनाले विवाह गर्दा श्रीमानसँग जीवन सँगै जिउने कल्पना गरेकी थिइन् । विवाहको खुसी भने विनाको जीवनमा लामो समय टिकेन विवाह गरेको केहि महिनाभित्रै श्रीमानले मादक पदार्थ सेवन गरेर दैनिक झगडा गर्ने र कुटपिट गर्ने गरेको स्थानीय मेघराज पाठकले जानकारी दिए ।

बेलाखखतमा झगडा हँुदा गाउँले र विनाका दाजु सोमबहादुर लिम्बुले आएर सम्झाई बुझाई गरेर मिलाउने गरेका थिए । पछिल्लो पटक गत फागुन २४ गते बुधवारका दिन भने दिउँसो श्रीमती विना लिम्बुको पेटमा छुरा प्रहार र टाउकोमा समेत फलामको घनले हानेर सख्त घाईते बनेकी छिन् ।

मादक पदार्थ सेवन गरेर आएका श्रीमानको प्रहारबाट घाईते बनेपछि प्रहरीले श्रीमानलाई आवश्यक कार्वाहीका लागि इलाका प्रहरी कार्यालय बिर्तामोडमा लगेको छ भने खर्च अभावमा श्रीमती विना भने उपचार अभावमा मृत्युसँग पैठेजोरी खेल्दैआएकी छिन् । झापा कनकाई नगरपालिका २ सुकेडाँगीमा डेरा गरि बसेको कुमाल परिवार जनमन गरि जिविकोपार्जन गर्दै आएको थियो । आफ्नै श्रीमानको छुरा प्रहारबाट सख्त घाईते विना लिम्बु उपचार अभावमा जिवन मरणको संघारमा रहेकी छिन् भने कुमाल परिवार मादक पदार्थका कारण भताभुङ्ग मात्रै भएको छैन खर्च अभावमा ३८ बर्षकै उमेरमा जीवन मरणको दोसाधमा रहेकी छिन् विना ।

गत फागुन २४ गते बुधवारका दिन श्रीमान पदमबहादुर कुमालले मादक पदार्थ सेवन गरेर छुराले पेटमा र फलामको घनले टाउकोमा प्रहार गरेर सख्त घाईते बनाएपछि ३८ बर्षिय घाईते विनाको उपचार नहुँदा जीवन संकटमा परेको हो ।

सामान्य जनमन गरि परिवार पाल्दै आएका श्रीमान श्रीमती अर्काको घरमा डेरा गरि बस्दै आएका थिए । गत भदौ महिनामा मात्रै प्रेम बिवाह गरेका उनीहरुविच विवाह गरेकै वेलादेखि सामान्य खटपट परेको थाहा भएको स्थानीय मेघराज पाठकले बताए । घरमा श्रीमान श्रीमतीमात्रै रहेकोमा हतियार प्रहार गर्ने श्रीमानलाई प्रहरीले पक्राउ गरि ज्यान मार्ने उद्योगमा मुद्दा दर्ता गरेको छ भने घाईते श्रीमतीलाई स्थानीय गाउँले घाईतेकी दाजु भाउजुले चन्दा संगलन गरेर केहि दिन झापा र धरानको घोपामा लगेर उपचार गराए पनि थप उपचार गर्नका लागि आर्थिक अभावका कारण हाल घरमै ल्याएर राख्नु परिरहेको घाईतेकी भाउजु निर्मला लिम्बुले बताइन् । उनीहरु पनि जनमन गरेर परिवार पाल्दै आएकोमा उपचारका लागि अस्पतालमा रकम जम्मा गर्न भनेपनि गाउँघरमा उठाएको रकम सकिएपछि हाल घरमै ल्याएर राख्नु परेको घाइतेका दाजु सोमबहादुर लिम्बुले बताए । श्रीमान पदमबहादुर गाउँघरमा राँगा, सुगुर लगायातका जनावार काटेर विक्री गर्ने गरेको र सोही हतियार प्रयोग गरेर श्रीमतीलाई घाइते बनाएको स्थानीयको भनाई छ । उपचार अभावमा घाईते विना हाल बोलचाल गर्न सक्दिनन् भने हाल लिम्बु मृत्यु कुरेर बसीरहेकी छिन् ।

छुरा प्रहारका कारण घाईते विनाको पेट र फलामको हम्बर प्रहारबाट टाउकोमा चोट लागेका कारण दुबै ठाउँमा अप्रेशन गर्नुपर्ने डाक्टरले बताएको तर आफुसँग अप्रेशनका लागि जम्मा गर्ने रकम नभएको घाइतेका दाजु सोमबहादुर लिम्बुले बताए ।

उपचार अभावमा घाईतेको अवस्था दिनानुदिन नाजुक बनिरहेको स्थानीयको भनाई छ । पिडित परिवारले उपचारका लागि आर्थिक सहयोग गरिदिनका लागि सबै सहयोगी मनहरुमा अनुरोध गरेका छन् । सहयोग गरि जीवन बचाईदिन सबै सहयोगी मनहरुमा पिडित विनाको अनुरोध छ । यस वारेमा केहि बुझ्न परेमा विनाका दाजु सोमबहादुर लिम्बुको फोन नम्बर ९८१५०५२०४५ मा फोन गर्न वा यस विना बचाउ अभियानको नेतृत्व गरिरहेका स्थानीय युवा मेघराज पाठकको मोवाईल नम्बर ९८०६००८८९८ मा फोन वा मेघराज पाठकको नाममा रहेको सनराईज बैँक लिमिटेड सुरुङ्गा झापाको खाता नम्बर ०३८१०१०६१७२०१६ मा रकम जम्मा गरिदिनुहुन सबैसँग अनुरोधगरेका छन् ।

प्रकाशित मिति: २०२३-०३-१६ , समय : ०९:४३:२६ , १ वर्ष अगाडि