पत्रपत्रिका , १६०८२ पटक हेरिएको
धनकुटा-तीन वर्षअघि नै जडान गरिएको १० शैयाको आईसीयू र चारवटा भेन्टिलेटर अहिलेसम्म सञ्चालनमा आउन सकेको छैन ।
धनकुटाको सदरमुकाममा रहेको जिल्ला अस्पतालमा भेन्टिलेटर, आईसीयू सञ्चालन नहुँदा बिरामीकोे उपचारमा समस्या भएको छ । दक्ष जनशक्ति नहुँदा आईसीयू सञ्चालनमा ल्याउन सकिएको छैन । अस्पतालमा दैनिक चार÷पाँच जनासम्म गर्भवतीको शल्यक्रिया गराउने गरिएको छ ।
पटकपटक मन्त्रालयमा जनशक्ति मागका लागि पत्राचार गर्दा पनि सहजीकरण नभएको अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डाक्टर अमिताभ ठाकुर बताउनुहुन्छ । कोरोना सङ्क्रमणका सुरु भएको समयमा धनकुटालगायतका पूर्वी पहाडी जिल्ला तेह्रथुम, भोजपुर र सङ्खुवासभाका बिरामीलाई सेवा दिने उद्देश्यसहित आईसीयू र भेन्टिलेटर जडान गरिएको थियो । यी उपकरणहरू आवश्यक जनशक्ति नहुँदा प्रयोगविहीन भएका हुन् । उपकरण प्रयोगमा ल्याउन सके शल्यक्रिया र भेन्टिलेटरमा राख्नुपर्ने बिरामीलाई सहज हुनुका साथै करोडौँका उपकरण पनि प्रयोगमा आउने मेसु डाक्टर ठाकुरले जानकारी दिनुभयो।आजको गोरखापत्रमा खबर छ।
प्रकाशित मिति: २०२३-०३-१५ , समय : १०:५७:१० , २ वर्ष अगाडि