लागुऔषध सहित दुई भारतीय पक्राउ

झापा एक्सप्रेस , ५६८२  पटक हेरिएको

सशस्त्र सिमा सुरक्षा पोस्टको प्रहरीले लागुऔषध सहित दुईजना भारतीयलाई पक्राउ गरेको छ ।

नेपाल भारत सिमास्थित भद्रपुर नगरपालिका ३ बाट बिहीवार दिउसो साढे ११ बजे भारतबाट नेपाल आउदै गरेका भारत किसनगंज पंचायत १२ निमुगढी बस्ने बर्ष २७ का फोगडा किस्कु र सोही स्थानकी बर्ष २९ कि रीता मरण्डीलाई लुपीजेसिक १९२ एम्पुल र फेनारगन १३२ एम्पुल सहित सशस्त्र प्रहरी बल नेपाल बोर्डर आउट पोष्टको प्रहरी टोलीले पक्राउ गरेको हो ।

पक्राउ गरेका उनीहरुलाई जिल्ला अदातलबाट म्याद थप गरि आवश्यक कार्वाहीका लागि जिल्ला प्रहरी कार्यालयमा राखिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२२-०३-१८ , समय : १८:०५:४१ , २ वर्ष अगाडि