हल्दिबारीमा विद्यालयको गतिविधि अविभावकले सिसि क्यामेरा बाट निरिक्षण गर्न पाउने

झापा एक्सप्रेस , ३०९७५  पटक हेरिएको

टिकाराम बास्तोला
हल्दिबारी गाउँपालिकाले सामुदायिक विद्यालयको निरिक्षण अब घरमै बसेर गर्न सक्ने सिसि क्यामेरा एप्स सार्वजनिक गरेको छ।

आज सोमबार एक कार्यक्रमका बिच निर्वतमान उपप्रधानमन्त्री राजेन्द्र प्रसाद लिङदेनले स्विचअन गरेर उक्त एप्स सार्वजनिक गर्नुभएको हो। झापाको हल्दिबारी गाउँपालिका भित्रका सम्पूर्ण विधालयहरुमा भएको शैक्षिक गतिबिधिहरु उक्त एप्स मार्फत अविभावकहरूले आफ्नो मोबाईल बाट चाहेको समयमा हेर्न सकिने हल्दिबारी गाउँपालिकाका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनले बताउनु भएको छ । शिक्षा क्षेत्रलाई पहिलो प्राथमिकतामा राखेर काम गरिरहेको गाउँपालिकाले शैक्षिक गुणस्तर वृद्धि गर्ने तथा विद्यालय र अविभावकहरूलाई अझै नजिक ल्याउने उद्देश्यले एप्स बनाईएको गाउँपालिकाका सुचना प्रविधि अधिकृत सुशील कडरियाले बताउनुभयो ।विद्यालयको प्रवेशद्वार देखि खेलमैदान, कार्यालय लगायत को क्षेत्र हेर्न मिल्ने गरि उक्त एप्स तयार गरिएको कडरियाले जानकारी दिनुभयो। उक्त एप्स तयार गर्दा रू २४ लाख ८८ हजार खर्च भएको बताइएको छ ।

कार्यक्रममा बोल्दै प्रमुख अतिथि लिङदेनले प्रविधिको उच्चतम प्रयोग गरि सार्वजनिक गरिएको एप्सले विधालयको अनुगमन गर्न जान नपर्ने तथा आफ्नो नानीहरूको पढाईलाई घरबाटै नियाल्न सकिने भएकोले यसले सकारात्मक प्रभाव पर्ने धारणा राख्नु भएको थिय।

‌हल्दिबारी गाउँपालिका अध्यक्ष रविन्द्र प्रसाद लिङदेनको अध्यक्षतामा भएको कार्यक्रममा जिल्ला समन्वय समिति झापाका प्रमुख विश्व बराल ,झापा जिल्लाका प्रमुख जिल्ला अधिकारी शिवराम पोखरेल , प्रदेश सांसद छविलाल चुडाल, प्रहरी प्रमुख उपरीक्षक दुर्गाराज रेग्मी, राष्ट्रिय अनुसन्धानकार्यालय प्रमुख तुलसी प्रसाई, शिक्षा समन्वय इकाई प्रमुख राजकुमार वि.क, कानेपोखरी गाउँपालिका प्रमुख प्रशासकीय अधिकृत सन्तोष घिमिरे, हल्दिबारीका सबै वडाका वडाध्यक्षहरू क्रमशः देवीबहादुर थापा, शुकलाल राजवंशी, विष्णु ओली, सन्तकुमार थापा र खडग लावती लगायतको अतिथि रहेको थियो। कार्यक्रममा जनप्रतिनिधिहरू विभिन्न विधालयका शिक्षकहरू, संचारकर्मी, विधार्थीहरू स्थानीय सर्वसाधारण लगायत सरोकारवालाहरूको उपस्थिति रहेको थियो। प्रमुख प्रशासकीय अधिकृत ईन्द्रप्रसाद चापागाईले स्वागत मन्तव्य राखेकाे कार्यक्रमको संचालन प्रशासन शाखा प्रमुख राजन न्यौपानेले गर्नुभएको थियो।

प्रकाशित मिति: २०२३-०३-०६ , समय : २०:२९:३४ , १ वर्ष अगाडि