फुटबल प्रतियोगिता जित्नेलाई ४० केजीको सुँगुर

झापा एक्सप्रेस , ५१११५  पटक हेरिएको

सांकेतिक तस्बिर

शरणामती।झापाको झापा गाउँपालिका-७ का सन्थाल युवाहरुले फुटबल प्रतियोगिताको विजेतालाई ४० केजीको सुँगुर उपहार दिने भएका छन् ।

सन्थाल समुदायको बाहा(होली) पर्वको उपलक्ष्यमा फागुन २० गते देखि सन्चालन हुने खुल्ला नकाउट फुटबल प्रतियोगिताको विजेता टिमलाई ४० केजीको सुँगुर उपहार राखिएको हो।

स्थानीय जनकल्याण माविको खेल मैदानमा आयोजना हुन लागेको खेलमा उप-विजेतालाई ३० केजीको सुँगुर उपहार राखिएको आयोजक समितिका श्याम कर्मकारले बताउनु भयो।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : २०:५१:१३ , १ वर्ष अगाडि