शरणामती प्रहरीद्वारा १८० केजी कुखुरा नष्ट

झापा एक्सप्रेस , ३४४२७  पटक हेरिएको

शरणामती।झापा प्रहरीले झापा गाउँपालिका वडा नम्बर ५ को चामापाडाबाट अवैधरुपमा भारतबाट नेपाल तर्फ ल्याउदै गरेको अन्दाजी १८० केजी बोइलर कुखुरा प्रकाउ गरि नष्ट गरेको छ।

आज मंगलबार अन्दाजी बिहान ४.१५ बजे शरणामती प्रहरी चौकीबाट प्रहरी सहायक निरिक्षक मनोजकुमार रामको नेतृत्वमा खटिएको प्रहरी टोलीले ७२ वटा बोइलर कुखुरा नियन्त्रणमा लिएको थियो।

प्रहरीका अनुसार बोइलर कुखुरा अवैधरुपमा ल्याउँदै गर्दाको अवस्थामा चामापाडाबाट बरामद गरिएको हो। तिन थान साइकल र बोइलर कुखुरा प्रहरीले बरामद गरेको छ।

बरामद कुखुरालाई जनप्रतिनिधि,स्थानीयको रोहबरमा खाल्डोमा हाली नष्ट गरिएको छ।

प्रकाशित मिति: २०२३-०२-२८ , समय : १२:२६:२९ , २ वर्ष अगाडि

error: Content is protected !!