शरणामती आयुर्वेद औषधालयले गठन गर्यो स्थानीय नागरिक आरोग्य समिति

झापा एक्सप्रेस , २६७७१  पटक हेरिएको

शरणामती।झापा झापा गाउँपालिका स्थित शरणामती आयुर्वेद औषधालयले स्थानीय नागरिक आरोग्य समिति गठन गरेको छ।आज सोमबार गाउँपालिकाको सभा हलमा भएको कार्यक्रममा नयाँ समिति गठन गरिएको हो।

नागरिक आरोग्य कार्यक्रम सञ्चालन निर्देशिका २०७६ वमोजिम गाउँपालिका अध्यक्ष संयोजल रहने गरि झापा गाउँपालिका स्तरीय नागरिक आरोग्य समिति गठन गरिएको छ।समितिको उप-संयोजक उपाध्यक्ष अन्जुदेवी थपलिया, सदस्यहरुमा क्रमश डाक्टर धर्मेन्द्र मण्डल,स्वास्थ्य शाखा प्रमुख लक्ष्मण विश्वकर्मा,शिक्षा शाखा प्रमुख जिवनप्रसाद ढकाल,मोहनकुमार मिश्र,अन्जना दाहाल,टंक बिश्वकर्मा र सदस्य सचिवमा नरेन्द्रप्रसाद चौधरी रहेका छन् ।

समिति गठनकै विच आयुर्वेद औषधीका बारे अभिमुखिकरण कार्यक्रम समेत सम्पन्न भएको छ।अभिमुखिकरण कार्यक्रममा आयुर्वेद औषधीको सेवनले स्वास्थ्यलाई असर नगर्ने बारे बताइएको थियो।

कार्यक्रममा वडाध्यक्षहरु,कार्यपालिका सदस्यहरु,कर्मचारीहरु साथै जिल्ला आयुर्वेद स्वास्थ्य कार्यालयका प्रमुख डाक्टर अनिलकुमार यादव,शनिश्चरे आयुर्वेद औषधालयका अनिल ठाकुर लगायतको उपस्थिति रहेको थियो।

प्रकाशित मिति: २०२३-०२-२७ , समय : १९:१२:५४ , १ वर्ष अगाडि