झापा एक्सप्रेस , १७६१० पटक हेरिएको
बिर्तामोड। झापाको सीमावर्ती गाउँपालिका झापा–१ स्थित लसुनाबाट बुधबार राति बाख्रासहित प्रहरीले पिकअप गाडी नियन्त्रणमा लिएको छ ।
नेपालबाट भारततर्फ अवैध रुपमा लाँदै गरेको ३१ वटा बाख्रासहित पिकअप इलाका प्रहरी कार्यालय कुमरखोदबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जिल्ला प्रहरी कार्यालय झापाका प्रवक्ता खगेन्द्रप्रसाद रिजालले जानकारी दिनुभयो ।
उहाँका अनुसार प्रहरीले मे.१ च.४७३३ नम्बरको पिकअप गाडीलाई शंका लागी चेकजाँच गर्दा रु.७७ हजार पाँच सय मूल्य बराबरको ३१ वटा बाख्राहरु अवैध रुपमा नेपालबाट भारततर्फ लैजादैं गरेको अवस्थामा फेला पारेको हो ।
पिकअप गाडी र बाख्राको रु १० लाख ७७ हजार पाँच सय मूल्यांकन गरी आज मेची भन्सार कार्यालय काँकरभिट्टा बुझाइएको उहाँले बताउनुभयो । गाडीको चालक झापा–३ का २६ वर्षीय सेख असरत र सोही स्थानका २९ वर्षीय रकमुदिन मियासमेत नियन्त्रणमा लिएर आवश्यक अनुसन्धान भइरहेको जनाएको छ ।
प्रकाशित मिति: २०२३-०२-२३ , समय : १९:०१:१० , २ वर्ष अगाडि