कनकाईमा स्कुलबसको ठक्करबाट एकको मृत्यु

लिलाराज झापाली , ४५५१८  पटक हेरिएको

कनकाई-झापाको कनकाई नगरपालिका ७ दुर्गापुरमा आज बुधवार बिहान स्कुल बसको ठक्करबाट एकजनाको मृत्युभएको छ ।

बुधवार बिहान साढे ५ बजेको समयमा पुर्वबाट पश्चिमतर्फ जादै गरेको ना ४ ख ९३१९ नम्बरको निधि मावि तथा इन्द्रेणी क्याम्पसको स्कुलबसले विपरित दिशातर्फ जार्दै गरेको ०१—०१६ प ३१५९ नम्बरको मोटरसाईकललाई ठक्कर दिएर गम्भिर घाईते बनाएको थियो । दुर्घटनामा परि घाईते ताप्लेजुङ निवासी मोटरसाईकल चालक बर्ष ३० का समिर लिम्बुले उपचारका क्रममा विएण्डसी अस्पताल विर्तामोडमा मृत्युभएको प्रहरीले जनाएको छ ।

ठक्कर दिने स्कुलबस इलाका प्रहरी कार्यालय सुरुङ्गामा राखिएको तथा ठक्कर दिने चालक इलाका प्रहरी कार्यालय बिर्तामोडले नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।

प्रकाशित मिति: २०२३-०२-२२ , समय : १९:००:५४ , १ वर्ष अगाडि