झापामा ९ लाख ९ हजार ५ सय ३७ जनालाई हात्तीपाईले बिरुद्धको आम औषधि खुवाईदै

झापा एक्सप्रेस , ४३८८७  पटक हेरिएको

झापा-झापामा १२ औं चरणको हात्तीपाईले बिरुद्धको आम औषधि ९ लाख ९ हजार ५ सय ३७ जनालाई खुवाउका लागि सबै तयारी पुरा गरिसकिएको जिल्ला जनस्वास्थ्य कार्यालय झापाले जनाएको छ ।

अघिल्लो ११ औं चरणसम्मको औषधि वितरण प्रभावकारी नभएको भन्दै यसपटक भने प्रत्यक्ष निगरानीमा मात्रै यो औषधि खुवाइने जिल्ला जनस्वास्थ्य कार्यालय झापाका प्रमुख रमेश बाह्रकोटीले बताए । अभियानका वारेमा जानकारी दिन बिर्तामोडमा आयोजित पत्रकार सम्मेलनमा बोल्दै जनस्वास्थ्य प्रमुख बाह्रकोटीले यसपटक झापामा कम्तीमा ८० प्रतिशत जनसङ्ख्यालाई प्रत्यक्ष औषधि वितरणका लागि ७०० जना तालिमप्राप्त स्वास्थ्यकर्मी र अन्य थप सहयोगीहरु समेत झापाका सबै १५ पालिकामा परिचालन गरिसकिएको बताएका छन्।

स्थानीय निकायका प्रतिनिधि र सरोकारवालाहरुसँग कार्यक्रमको सफलताका लागि विभिन्न चरणका छलफल र गोष्ठी समेत गरिसकिएको बाह्रकोटीको भनाई छ । झापामा यसअघि ११ पटकसम्म पनि यस कार्यक्रम गरिसकिएको भएपनि सबैले औषधि नखाइदिदा कार्यक्रम असफल बनेको छ ।

प्रकाशित मिति: २०२३-०२-२१ , समय : १९:०९:०८ , २ वर्ष अगाडि