झापा गाउँपालिका-चौधरीको भान्साघरमा आगलागी

झापा एक्सप्रेस , ४०६९३  पटक हेरिएको

सांकेतिक तस्बिर

शरणामती-झापाको झापा गाउँपालिका वडा नम्बर ४ मा विकास चौधरीको भान्साघर र ग्वालीमा आगलागी भएको छ।जगदम्बा प्रावि नजिकै रहेको चौधरीको भान्साघर र ग्वालीमा आगलागी भएको हो।

आगलागीबाट फुस्को टाटीबेरा गरिएको भान्साघर जलेर नष्ट भएको छ।भान्साघर नजिकै रहेको ग्वाली जल्दा ग्वालीमा रहेको गाई आगोले जलेर गम्भीर घाइते भएको स्थानीय जलाल अलीले बताउनु भयो।गाईको बाछो भने सामान्य घाइते भएको छ।भान्साघर र ग्वाली पुर्णरुपमा जलेर नष्ट भएको छ।अन्य धनमाल भने क्षती नभएको बताइएको छ।

अन्दाजी साँझ ७.३० बजे भएको आगलागीलाई स्थानीय र प्रहरीको मद्दतमा नियन्त्रणमा लिइएको थियो।भान्साघर भएकोले चुलोमा रहेको आगोले आगलागी भएको हुन सक्ने प्रारम्भिक अनुसन्धान रहेको प्रहरीले जनाएको छ।यस विषयमा थप अनुसन्धान भइरहेको बताइएको छ।

प्रकाशित मिति: २०२३-०२-१३ , समय : २२:०७:०५ , २ वर्ष अगाडि

error: Content is protected !!