अध्यक्ष र उपाध्यक्षद्वारा दयालधामको भोजनालय उद्घाटन

झापा एक्सप्रेस , १६२०५  पटक हेरिएको

शरणामती।झापा गाउँपालिका वडा नम्बर ७ दयालधाममा नवनिर्मित बाइजुराज रस्वई(भोजनालय) को झापा गाउँपालिका अध्यक्ष जयनारायण साह र उपाध्यक्ष अन्जुदेवी थपलियाले संयुक्तरुपमा उद्घाटन गर्नु भएको छ।श्री कृष्ण प्रणामी मन्दिर परिसरमा निर्माण गरिएको सो भोजनालयको शनिवार एक कार्यक्रमका बिच विधीवतरुपमा उद्घाटन गरिएको हो।

बाइजुराज भोजनालय निर्माणमा झापा गाउँपालिकाले ५ लाख २९ हजार ८ सय साठी आर्थिक सहयोग गरेको छ।त्यस्तै श्री कृष्ण प्रणामी मन्दिर दयालधामबाट ३ लाख ३० हजार,श्री कृष्ण प्रणामी बाइजुराजबाट २ लाख १९ हजार साथै स्थानीयको सहयोग गरेर कुल १४ लाख ३९ हजार लागत लागेको मन्दिर समितिका अध्यक्ष बालकृष्ण सिटौलाले जानकारी दिनुभयो।

उद्घाटन समारोहकै अवसर पारेर भवन निर्माणमा उत्कृष्ट दातालाई समेत सम्मान गरिएको छ।सम्मानीत हुनुहुनेमा भवन निर्माणमा एक लाख एक हजार नगद सहयोग गर्नुहुने विष्णु सिटौला र इन्दिरा सिटौला दम्पती र नगद पचास हजार सहयोग गर्नु हुने लक्ष्मीप्रसाद सिटौला रहनुभएको छ।यसरीनै क्रमस दाताहरुलाई सम्मानित गर्दै जाने अध्यक्ष सिटौलाले बताउनु भयो।

उद्घाटन समारोहमा बोल्दै अध्यक्ष साहले मन्दिर निर्माणमा आगामी दिनमा समेत सहयोग गर्दै जाने प्रतिवद्दता व्यक्त गर्नुभयो।

दुर्गाप्रसाद पाण्डेले सन्चालन गरेको उद्घाटन कार्यक्रमकै दिन मन्दिर समितिको साधारण सभा समेत सम्पन्न गरिएको छ।

प्रकाशित मिति: २०२३-०२-११ , समय : १७:५०:५७ , २ वर्ष अगाडि

error: Content is protected !!