झापा गाउँपालिकामा राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरू(भिडियो सहित)

झापा एक्सप्रेस , १४२६८  पटक हेरिएको

शरणामती –झापा गाउँपालिकाको आयोजनामा झापा गाउँपालिकास्तरीय पाचौं राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ। झापा–६ शरणामतीस्थित जनता माविको खेलमैदानमा बिहिबारदेखि प्रतियोगिता सुरु भएको हो।https://youtu.be/apLCxUtXAvI

प्रतियोगिताको उद्घाटन झापा गाउँपालिकाका अध्यक्ष जयनारायण साह,उपाध्यक्ष अन्जुदेवी थपलिया ,प्रमुख प्रशासकीय अधिकृत गजेन्द्र थपलिया लगायतले गर्नुभयो। प्रतियोगिताको उद्घाटन समारोहलाई सम्बोधन गर्दै साहले शारीरिक र मानसिक स्वास्थ्यका लागि खेलकुद अपरिहार्य भएको बताउनु भयो ।

कार्यक्रममा शिक्षा शाखा प्रमुख जीवनप्रसाद ढकालले गाउँपालिका भित्र रहेका १३ सामुदायिक ६ संस्थागत र १ मदरसा विद्यालयका विद्यार्थीहरुले प्रतियोगितामा प्रतिस्पर्धा गर्ने बताउनु भयो ।उहाँले तीन दिनसम्म सञ्चालन हुने प्रतियोगिताका उत्कृष्ट खेलाडीले जिल्लास्तरीय प्रतियोगितामा भाग लिने जानकारी दिनु भयो।

शिक्षक पशुपती गणेशले संचालन गरेको उद्घाटन समारोहमा सातैवटा वडाका वडाध्यक्षहरु ,सामाजिक अगुवा,विद्यालयका प्रधानाध्यापाकहरु लगायतको उपस्थिती रहेको थियो।

प्रतियोगितामा भलिबल, कबड्डी, दौड, कराँते,ज्याम्लिंग थ्रो, हाइजम्प लङजम्पलगायतका खेल समावेश गरिएको छ।

प्रकाशित मिति: २०२३-०२-०९ , समय : २१:३३:४९ , १ वर्ष अगाडि