संघीय सरकारलाई सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका मेयर पोख्रेलको माग

झापा एक्सप्रेस , ९७३२  पटक हेरिएको

कनकाई-सुकुम्बासीहरुका लागि तत्काल लालपुर्जा वितरण गर्न कनकाईका नगर प्रमुख राजेन्द्र कुमार पोख्रेलले संघीय सरकारसँग माग गर्नु भएको छ । आज ( सोमबार ) कनकाई वडा न ७ मा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनको उद्घाटन , भवन हस्तान्तरण एवम् सम्मान कार्यक्रममा उहाँले सो कुरा बताउनु भएको हो ।

कार्यक्रमको प्रमुख अतिथि समेत रहनु भएका नगर प्रमुख पोख्रेलले आफूहरूले स्थानीय तहको तर्फबाट सुकुम्बासीहरुका लागि सबै कार्य पुरा गरिसकेकाले अब पनि लाल पुर्जा वितरणमा ढिलाई गर्न नहुनेमा जोड दिनु भएको छ । नगर प्रमुख पोखरेलले निर्वाचनका समयमा जनता समक्ष गरेका प्रतिवद्धता अधिकांश पूरा गरेको बताउनुभयो । नगर प्रमुख पोखरेलले निर्वाचनका समयमा जनप्रतिनिधिले जनतासामु गरेका विकास निर्माणका प्रतिवद्धता कनकाई नगरपालिकामा अधिकांश पूरा भएको समेत दावी गर्नुभयो।

नगर क्षेत्रभित्र, सडक, पुल निर्माण, पार्क निर्माण, खानेपानी तथा ढल निर्माण,विद्युत प्रसारण लाइन विस्तार,बिद्यालय भवन निर्माण, स्वास्थ्यचौकी निर्माण, सामुदायिक भवन निर्माणलगायतका विकास निर्माण कार्य सम्पन्न गरिसकेको पोखरेलले जानकारी दिनुभयो । आर्थिक बर्ष २०७७÷०७८ मा नगरले अघि सारेका बिकास निर्माणका कार्यहरु मध्ये ९७ प्रतिशत सडक कालोपत्रे गरेको छ भने ६१ प्रतिशत ग्रावेल गरेको नगरको तथ्याङ्कमा उल्लेख छ । ट्रयाक खोल्ने एकसय प्रतिशत पूरा गरेको बताउनु भयो।

नगर प्रमुख पोख्रेलले निर्वाचनका समयमा आफुहरुले गरेका प्रतिवध्ताहरु धेरै जसो पुरा हुँदै जानुमा आम कनकाई नगरबासी, सम्पूर्ण जनप्रतिनिधि , कर्मचारी लगायत सम्पूर्ण राजनीति दल, सघसस्था एवम् अग्रज हरुको साथ , सपोर्ट र मार्ग दर्शनका कारण सम्भव भएकोमा खुशी प्रकट गर्नु भएको थियोे। कनकाईमा आफुहरु निर्वाचित भएर आएयता विभिन्न काम पुरा हुदै गएको मेयर पोख्रेलले बताउनुभयो । आर्थिक बर्ष २०७७÷०७८ मा नगरले अघि सारेका बिकास निर्माणका कार्यहरु मध्ये ९७ प्रतिशत सडक कालोपत्रे गरेको छ भने ६१ प्रतिशत ग्रावेल गरेको नगरको तथ्याङ्कमा उल्लेख छ । ट्रयाक खोल्ने एकसय प्रतिशत पूरा गरेको मेयर पोख्रेलले बताउनुभयो ।आ.व.२०७७÷०७८ मा नगरले अघि सारेको योजना अनुसार २ वटा पार्क निर्माण, खानेपानी सुविधा थप उपलब्ध गराएका एकसय ५० परिवार एकसय प्रतिशत कार्य सम्पन्न गरेको छ भने ढल निर्माण एक किलोमिटर एकसय प्रतिशत निर्माण कार्य सम्पन्न गरेको छ । योजना अनुसार नदी नियन्त्रण २.७९ किलोमिटर,विधुत प्रशारण लाइन विस्तार, नयाँ बिद्यालय भवन निर्माण ३ वटा,स्वास्थय चौकी ३ वटा निर्माण सम्पन्न गरेको नगर प्रमुख पोखरेलले मेयर पोख्रेलले बताउनुभयो । त्यस्तै हालसम्मको जग्गा संरक्षण आफ्नै स्वामित्वको ३ विगाह १९ कठ्ठा, सरकारी ५२ विगाह ३ धुर, सार्वजनिक ३ विगाह १६ कठ्ठा र पर्ति १८ विगाह रहेको नगरको तथ्याङ्कमा उल्लेख छ । २० वटा सामुदायिक भवन निर्माण सम्पन्न गरेको मेयर पोख्रेलले बताउनुभयो । त्यसैगरी पन्धौं आवधिक योजनाको लक्ष्यमा आधारित अनुसार आ.व.२०७७÷०७८ सम्ममा कुल जम्मा नयाँ स्थानीय सडक निर्माण ट्रयाक ओपनिङ २.११ प्रतिशत, ग्राभेल ८६.२, कालोपत्रे १९.९, सडक नियमित मर्मत ३७.७, सडक स्तरोन्नती १९.५५, सडक यातायातको कुल लम्बाई ५६.१५ रहेको मेयर पोख्रेलले बताउनुभयो । स्थानीय सडक पुल निर्माण सम्पन्न ११ वटा, झोलुङ्गे पुल निर्माण सम्पन्न ३ वटा, स्थानीय सडकको संख्या २२६,नगरको केन्द्रबाट वडा कार्यालयसम्म सडक यातायात जोडिएका वडा ७ वटा, स्वस्थ खानेपानी सुविधा पुगेको जनसंख्या ९२.५ प्रतिशत, सरकारी, सामुदायिक र निजि बिद्यालयको संस्था २८ वटा, स्वास्थ्य संस्थाको संख्या अस्पताल, स्वास्थ्य केन्द्र, स्वास्थ्य चौकी, उप स्वास्थ्य चौकी, आयुर्वेद सेवा केन्द्र, क्लिनिक, बर्थिङ सेन्टर गरी १३ वटा विधुत सेवा ९९.१ प्रतिशतमा पुगेको नगर उप प्रमुख मन्जु प्रसाईंले जानकारी दिनुभयो । कार्यक्रममा अन्य स्थानीय तह भन्दा कनकाईमा जनप्रतिनिधिको सक्रियता कर्मचारीहरुको अथाहा मेहनतका कारण सेवाग्राहीहरुको गुनासो नआउने गरि काम गर्ने गरेको प्रमुख प्रशासकिय अधिकृत मोहन प्रसाद न्यौपानेले बताउनु भयो ।

कार्यक्रममा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनको उद्धघाटन, भवन हस्तान्तरण कार्यक्रममा अधिकास वक्ताहरुले मानिस स्वास्थ्य भन्दा ठूलो कुरा अरु केहि नभएकोले आम नागरिकको स्वास्थ्य प्रति गम्भीर हुन आग्रह गरेका थिए । कार्यक्रममा नगर प्रमुख पोख्रेलले भवनको साचो नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनका प्रमुख शिव प्रसाद शाह, लाई दिईएको थियो । सोहि कार्यक्रमका बिच आज बाट नै वडा न ७ को सेवा समेत सोही भवनबाट दिन सुरु गरिएको कार्यक्रमका अध्यक्ष समेत रहनु भएका सोहि वडाका वडा अध्यक्ष लिला बहादुर कन्दङवाले जानकारी दिनुभयो । कार्यक्रममा नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवन ,बिद्यालय,वडा कार्यलय भवन , जेष्ट नागरिक भवन ,चर्ज भवन, सन्थाल सामुदायिक भवन ,मन्दिर लगायतलाई जग्गा दान दिने ३१ जना दाताहरुलाई सम्मान गरिएको वडा सदस्य प्रकाश शिवाकोटीले जानकारी दिनुभयो । कार्यक्रममा साझा बहुउदेश्यीय सहकारी संस्थाका अध्यक्षगोपाल उप्रेति, स्वास्थ्य साखाका नारायण अधिकारी , सम्मानित ब्यक्ती राधा खड्का , समाबेसी टोल संस्थाका अध्यक्ष तुलसी राज सुबेदी , नव निर्मित आधारभुत सहरी स्वास्थ्य सेवा केन्द्र भवनका प्रमुख शिव प्रसाद शाह, लगायतले शुभकामना राखेको कार्यक्रमको स्वागत वडा सदस्य गिता चौहान र संचालन वडा सदस्य प्रकाश शिवाकोटीले गर्नु भएको थियो ।

प्रकाशित मिति: २०२२-०३-१४ , समय : २०:१३:४६ , २ वर्ष अगाडि